Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ । वि.सं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो । त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘पानीले बाहिरतिरको भाग भत्किएको हो, अरु कुनै क्षति भएको छैन ।’ यसअघि पनि त्यहाँ पटकपटक छत खसिसकेको छ र कारागारको सम्पूर्ण बाहिरी भाग जोखिममा छ । एक सरकारी छानविन समितिले उक्त भवन बस्नका लागि उपयुक्त नभएको रिपोर्ट दिइसकेको छ । तर, पुरातत्विक महत्वको भवन भएकाले हालसम्म थप कुनै…
एजेन्सी: विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको तथ्यांकअनुसार यतिखेर संसारभरिमा ८,५६९,९६२ जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४५७,३८८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा २,२१५,५८७ छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी ११८,९९१ जना पुगिसकेको छ…
जाजरकोट: कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन् । यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ । पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेछन् । यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले जानकारी दिनुभयो । उहाँले…
काठमाडौं: सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आज बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्यांकन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले देशैभरका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै लैजाने तथा त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाहरुको शीघ्र स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकानुसार…
कैलाली: एकै दिन थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संंंक्रमितको संख्या ६ सय ४२ पुगेको छ । शुक्रबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणबाट १ सय ५१, सेती प्रादेशिक अस्पतालबाट १२, भेरी अस्पतालबाट १ र महाराजगञ्ज अस्पतालको प्रयोगशालाबाटको गरिएको परीक्षणबाट ७ जारी गरी १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएकामध्ये कैलालीका ४१ पुरुष र १४ महिला, कञ्चनपुरका १ पुरुष, अछामका ६ पुरुष र २ महिला, बैतडीका ६० ुपरुष र ८ महिला, बाजुराका ८ पुरुष छन् । त्यसैगरी डडेल्धुराका ९ पुरुष, डोटीका १६ पुरुष र ३ महिला, बझाङ्गका २ पुरुष…
काठमाडौँ: विभिन्न परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड विदेशी लगानी स्वीकृत भएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो। पाँच जलविद्युत र २ सिमेन्ट परियोजनामा यो लगानी स्वीकृत भएको बोर्डले जानकारी दिएको छ। बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी-२ परियोजनाका लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाट क्षमताको अंखु खोला जलविद्युतका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युतका लागि १० अर्ब ३१ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको जानकारी दिएको छ। त्यस्तै इशुवा खोला जलविद्युत (९७.२मेगावाट)का लागि १३ अर्ब ५७…
काठमाडौँ: नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो । पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए। पहिरो खसेसँगै सडक…
काठमाडौं: वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिनेबीचको ब्याज अन्तर (स्प्रेड दर) तोक्नु नहुने बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका लागि सुझाव दिँदै संघले राष्ट्र बैंकले स्प्रेडदर तोक्नु असान्दर्भिक भएको उल्लेख गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुको तीव्र प्रतिस्पर्धाले गर्दा बंकैहरुले प्रदान गर्ने सेवाहरुको गुणस्तर सुधार हुँदै गएको, कमिसन दरहरु घट्दै गएको र व्याजदर अन्तर तथा विनिमय दर अन्तर समेत कम हुँदै गएको संघले प्रष्ट पारेको छ । ‘बैंकहरुको रिटर्न अन इक्वीटी निरन्तर रुपमा घट्दो क्रममा छ, यसै सन्दर्भमा राष्ट्र बैंकले मर्जर तथा एक्वीजिशन नीतिलाई प्रोत्साहन गरेको छ ।…
काठमाडौं: स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७३ लाई स्वीकृत गर्दै सो रकम कोरोना कोषमा लैजान बाटो खोलिदिएको हो। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले भने-‘नियमावलीमा स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा २०७६/७७ मा खर्च नभइ बचत हुन गएमा त्यस्तो रकम संयोजक (निर्वाचित सदस्य)ले निर्देशक समितिका अन्य सदस्यसँग परामर्श गरि सम्बन्धित स्थानीय तहको कोभिड व्यवस्थापनका लागि खोलिएको खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।‘ सो रकम असार १५ गते जम्मा गर्न…
काठमाडौँ: सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो । सिसिएमसीले वैदेशिक रोजगारीमा रही विदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय पनि गरेको छ। अध्ययनका लागि जानेहरुको हकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले सिफारिस गर्नेछ। यस्तै विदेशमा रहेका नेपाली कुटनीतिक नियोग कर्मचारीका परिवार सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’ सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको…
