Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए । मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना…
काठमाडौँ: कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
एजेन्सी:कोरोना भाईरसको कारण क्लबलाई आर्थिक संकटबाट जोगाउन इङ्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गर्ने भएका छन् । प्रिमियर लिगका २० क्लबहरुको सुक्रबार अबेर सम्पन्न भिडियो कन्फ्रेन्स बैठकले यस्तो प्रस्ताव अगाडी सारेको हो । यसका लागि खेलाडी र क्लबबीच छलफल गरिने उल्लेख छ । बैठकले मे महिनामा लिग सुरु हुन नसक्ने भन्दै परिस्थिति सहज नबनेसम्म खेलाउन नसकिने जनाएको छ । लिग सुचारु गर्न सरकार र मेडिकल सर्भिस टोलीको सुझाव अनुसार निर्णय गरिने पनि बताईएको छ । प्रिमियर लिगमा अहिले लिभरपुल उपाधि नजिक छ । लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । ३० बर्षपछि उपाधि जित्ने लक्ष्यमा रहेको…
काठमाडौँ: कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो । सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको…
काठमाडौं: स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितमध्ये एक जना यसअघि नै कोरोनामुक्त भइसकेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ । देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पारे । उनकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना…
काठमाडौँ: सर्वोच्च अदालतले कोरोना रोकथामबारे सरकारले चालेका कदम के के छन् भन्नेबारे जानकारीसहितको प्रतिवेदन लिएर छलफलमा आउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य विभागका महानिर्देशकलाई आदेश दिएको छ। कोरोना परीक्षणको दायरा बढाउन भन्दै परेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको हो। सातै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन, ३७ डिग्रीभन्दा बढी ज्वरो आएकालाई आइसोलेसनमा राख्न, सरकारी वा निजी अस्पतालमा जोसुकै बिरामी आए पनि कोरोना परीक्षण गर्न लगायतका आदेश माग गर्दै अधिवक्ता मुकुन्द अधिकारीले रिट दायर गरेका थिए। रिट पक्षका वकिलहरूले बहसका क्रममा सरकारी र निजी अस्पतालहरूले आकस्मिक सेवा, रेफरल सेवा प्रभावकारी नभएको, कोरोनाका विषयमा जानकारी दिने व्यवस्था र पेशागत आचारसंहिता लगायतका…
काठमाडौँ: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी र अस्थायी भिषामा रहेकाहरूप्रति लक्षित गर्दै गाह्रो छ भने आफ्नो देश फर्कन सक्ने सुझाव दिएका छन्। कोरोनाभाइरसका कारण अष्ट्रेलियामा देखिएको आर्थिक संकट टार्न लागिपरेका प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले पहिलो वर्षमै कठीन भयो भन्नु उचित नहुने बताए। ‘यो विषयमा अध्यागमनले हेर्ने भए पनि पढ्न आएको पहिलो वर्षमै कठीन भयो भन्नु उचित होइन,’ कोरोना भाइरसको पछिल्लो अवस्था र सरकारी प्रयासबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘साँच्चै गाह्रो छ भने आ-आफ्नो देश फर्कन सक्नुहुनेछ।’ खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्याएर हेर्ने गरिएको उनले बताए ।
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्न संलग्नहरूलाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने कार्य भएको पनि देउवाले बताएका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदजस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफी योग्य नहुने भन्दै खरिदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर छानविन गर्न माग गरेका हुन्। ‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व…
काठमाडौं: कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ । यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए । उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए । गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो ।…
