Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आइतबार बोलाएका छन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन् । सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा…

Read More

जनकपुरधाम: कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ का सीमानाकाहरु बन्द गरिएको छ । केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु आइतबार बिहानैदेखि बन्द गरिएको हो । सप्तरीका कुल आठमध्ये ७ वटा सीमानाका बन्द गरिएको छ । कुनौली भन्सारबाहेकका सबै सीमानाका आइतबारदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । सिरहामा दुईबाहेक सबै सीमा नाका बन्द गरिएको छ । माडर र ठाडीबाहेक सबै सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए । सिरहामा साना र ठूला गरी २३ वटा सीमानाका रहेको छ । धनुषामा ३७ बाहेक ३५ वटा सीमा नाका बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी…

Read More

बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् । एकै परिवारका पति,पत्नी…

Read More

डोटी: जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो । अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य जाँच गर्न एक छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ । उक्त टोलीले कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत तत्काल प्राथमिक उपचार गर्ने गरी औषधीसहितको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । कैदीबन्दीलाई अत्यावश्यकरुपमा भेट्न आउनुपर्ने अवस्था सिर्जना भएमा अनिवार्यरुपमा…

Read More

काठमाडौँ: कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो । अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभयो । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा…

Read More

काठमाडौँ: सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको छ । शनिबार राति सम्पन्न कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो । कार्यदल समिति मातहत नै रहनेगरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ । यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने उनले बताए । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल…

Read More

काठमाडौँ: कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए । हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो । कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन्। हेल्थ डेस्क राखिएको स्थानदेखि कञ्चनपुर भन्सारको ब्यारियरसम्मै यात्रुको भीड बढेपछि सुरक्षाकर्मीलाई समेत नियन्त्रण गर्न समस्या भएको…

Read More

काठमाडौँ: कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा ग्यास आपुर्तिमा सहज बनाउन २२  वटा स्थानबाट बिक्री वितरण गर्न गरिने भएको छ। गायासको माग अत्यधिक बढेसँगै नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहयोगमा २२ वटा स्थानबाट ग्यास वितरण गर्न लागेको हो । अति आवश्यक भएको अवस्थामा तत्काल माग पूर्ति गर्नका लागि तोकिएकै मूल्ययमा नयाँ आउटलेटबाट ग्यास उपलब्ध गराइने भएको हो। नेपाल ग्यास र तारा ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यास र चण्डी ग्यासले जडिबुटी, एसटिसी ग्यासले कालीमाटी र जडिबुटी र ओम ग्यासले थलीर नैकापमा नयाँ बिक्रीकक्ष राखेको छ। त्यस्तै बाबा/श्री/लुम्बिनी ग्यासले कपन र धुम्बाराहीबाट बिक्री वितरण गर्नेछन् ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएउको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो । तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो । त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्‍यो । तेल भरेपछि जहाज फिर्ता हुन पुन: एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।…

Read More