Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन । महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोभिड–१९ को त्रास देखाएर केही व्यापारीले कालोबजारी गरेको भन्दै त्यसका विरुद्ध नेपाल प्रहरी लाग्ने विश्वास व्यक्त गरे । “विपद्का बेला सहयोगका साथ अगाडि बढ्नुपर्नेमा केही व्यवसायी र विचौलिया अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गर्न लागेका छन्, त्यस्ता व्यापारीविरुद्ध प्रहरीले निर्दयी भएर कारवाही अगाडि बढाउँछ”, उनले भने । एक नेपालीले अर्कौ नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ थियो…

Read More

काठमाडौं : कोरोना भाइरस(९कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओले आग्रह गरेको छ । दक्षिण पूर्वीएसियाली देशमा कोभिड(१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने कडा चेतावनी संगठनको छ। डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ। हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’ यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन्। यी देशले स्पष्ट रूपमा धेरै काम तत्काल गर्नुपर्ने देखिएको…

Read More

लहान : प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन । प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न दलले छुट्टाछुट्टै चारवटा नाम दर्ता गराएका थिए । सत्तापक्ष समाजवादी पार्टी र राजपाले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश, अर्को प्रतिपक्षी दल नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश र अन्य केही प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेशको नाम दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै प्रदेश २ को स्थायी राजधानी जनकपुरलाई राख्नुपर्ने,…

Read More

काठमाडौं : केही दिन ओरालो लागेको सुनको मूल्य आज बुधबार फेरि बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो । हिजो मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने स्थीर रहेको महासङ्घले जनाएको छ । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं : अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा सम्पर्क गर्न त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । विगत केही दिनदेखि अस्ट्रेलियामा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि अस्ट्रेलिया सरकारले पनि उच्चस्तरको सावधानी अपनाउन आह्वान गर्दै त्यहाँका नेपालीलाई यस्तो आग्रह गरेको हो । अस्ट्रेलियन सरकार र नेपाल सरकारको निर्देशन तथा सेवाग्राहीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै राजदूतावासबाट प्रदान हुने सेवा प्रवाहमा १९ मार्च अर्थात भोलि अर्को सूचना नभएसम्मको लागि केही नयाँ व्यवस्था गरेको राजदूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउन आग्रह गरेको छ । १। राजदूतावासको…

Read More

काठमाडौं : काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथानामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीनथानाको सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० घनश्याम श्रेष्ठका अनुसार सामूहिक बलात्कारमा संलग्न ३ जना पक्राउ परेका छन् । सामूहिक बलात्कारको आरोपमा पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ घर भएका २४ वर्षीय सञ्जय घर्ती मगर, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय कपिल खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका–९ घर भएका १९ वर्षीय पासाङ तामाङ छन् । प्रहरीका अनुसार हिजो मंगलबार बिहान ३ जना…

Read More

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसैगरी बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकको सर्वसम्मतिले पुनःपारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।

Read More

काठमाडौँ : नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । महासङ्घको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु बिक्री वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कमला गुरुङले मुलुकलाई पर्दै गएको कठिन परिस्थितिमा सबै क्षेत्र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र सहयोगी बन्नुपर्ने बताइन । “सेवा क्षेत्रका पर्यटन, औषधिजन्य क्षेत्रमा यसको असर पर्ने भएकाले आ–आफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु जरुरी छ,”–उनले भनिन । महासङ्घले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । कोभिड–१९ को…

Read More

राजापुर : मधुवन नगरपालिकाले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्र्तगत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ । छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ । नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरुलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताउनुभयो ।

Read More

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन भएको मतदानमा नेकपाबाट प्रस्तावित नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ। प्रदेश २ को प्रदेश सभामा आज मंगलबार भएको मतदानमा नेकपाद्वारा प्रस्तावित नाम जानकीका पक्षमा जम्मा ३७ मत खसेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। जम्मा १ सय ७ मतमध्ये ३७ मत मात्र प्राप्त भएकोले जानकी नाम अस्वीकृत भएको हो। अब नेपाली काँग्रेसद्वारा प्रस्तावित नाम मिथिला भोजपुरामा मतदान हुनेछ। सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।…

Read More