Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको आजको बैठकले उहाँहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका लम्सालले ६८ दशमलव ६६ प्रतिशत अङ्क प्राप्त गर्नुभएको छ । हाल नेपाल प्रहरीका प्रवक्ता रहेका थापाले ६८ दशमलव ५५ र प्रहरी प्रधान कार्यालय विशेष…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आगामी चैतको पहिलो साताभित्र नियुक्त गरिने जनाएका छन। हालका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिनु अगावै नयाँ गभर्नर नियुक्त हुने उनले जानकारी दिएका छन । सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्री खतिवडाले मन्त्रीपरिषदको निर्णयबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेसम्म गभर्नर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको बताए । उनले भने, “म गभर्नर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गभर्नरको नियुक्ति भएको हो । समयभित्रै नियुक्त हुन्छ ।” राष्ट्रियसभा सदस्य हुने नहुनेबारे सोधिएको प्रश्नमा मन्त्री खतिवडाले भने, “यही फागुन…
काठमाडौँ : सरकारले पूर्वाधार विकास करमा सामान्य परिवर्तन गरेको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३÷७४ मा पूर्वाधार विकास कर लगाउने व्यवस्था गरेका थिए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि उक्त कर लगाइएको थियो । भन्सार बिन्दुमा नै पेट्रोलियम पदार्थमा प्रतिलिटर रु पाँचका दरले लगाइएको उक्त करबापत हालसम्म रु ४१ अर्ब बराबरको रकम जम्मा भएको छ । सरकारले सोही रकमबाट आयोजना प्रभावितलाई मुआब्जा वितरणको काम गर्दै आएको छ । पछिल्लो पटक सरकारले उक्त करमा सामान्य हेरेफेर गर्दै पेट्रोलियम पदार्थमा लाग्दै आएको पाँच रुपैयाँलाई बढाएर रु १० बनाएको हो । मन्त्रिपरिषद्को गत फागुन १२…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताएका छन् । पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीकाबीच प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे । बिहीबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीभित्रको विवादबारे मिडियामा आएको कुरालाई विश्वास नगर्न समेत अनुरोध गरे । पछिल्लो समय नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेको बताइएको बेला प्रचण्डले यस्तो बताएका हुन् । बुधबारको…
काठमाडौं: केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् । अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् । कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै आफ्नो किड्नी ट्रान्सप्लान्ट गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफु अस्पताल भर्ना हुने बताए । उनले भने, ‘केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्न अस्पताल भर्ना हुँदैछु । ५ दिन अस्पताल बस्छु, छैटौं दिन अस्पतालबाट डिस्चार्ज हुन्छु र आफ्नो काममा लाग्छु ।’ प्रधानमन्त्री ओलीले बिरामी भएर खासै सक्रिय नभएको भन्ने आरोपको खण्डन गर्दै आफु १८ घण्टासम्म काममा खटिरहेको दाबी गरे । प्रधानमन्त्री ओलीले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रष्टाचार गरेको ठहर भएमा सजाय भोग्न तयार हुनुपर्ने बताउँदै कुनै अनाधिकृत व्यक्तिले अडियो…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ७० करोडको सेक्युरिटी प्रेस बार्गेनिङ प्रकरणमा मुछिएर मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाको बचाउमा उत्रिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० कमिसन मागेको आरोप बाँस्कोटामाथि छ । उनीमाथि कडा कारबाही हुनुपर्ने र प्रधानमन्त्रीले पनि यसबारे प्रष्ट पार्नुपर्ने आवाज उठिरहेको बेला ओलीले उल्टै बचाउ गरेका हुन् । बिहीबार राजधानीमा आयोजित नेकपा बागमती प्रदेशस्तरीय तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभइ प्रश्न उठेकाले राजीनामा दिएको बताए। उनले भने, ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन । गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त…
काठमाडौँ: सवारी दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई बिहीबार अपरान्ह काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएकोमा थप उपचारका लागि काठमाडौं ल्याइएको हो । बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुुगेको छ । आज कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भयो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये…
काठमाडौं : कोरोनाभाइरस (कोविड १९) संक्रमणको आशंकामा जापानको योकोहाबाट भारत सरकारले एक नेपाली सहित एक सय २४ जनाको उद्धार गरेको छ। एक पानीजहाजबाट उद्धार गरिएका तीनीहरुलाई भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उनलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। जापानको योकोहामा पोर्टमा रोकिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका आफ्ना ११९ नागरिकलाई उद्धार गर्ने क्रममा भारत सरकारले नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका एक एक जना नागरिक गरी १२४ जनाको उद्धार गरेको हो । आफूलाई व्यक्तिगत रूपमा जानकारी आएकाले ती नेपालीको नाम ठेगाना खुल्न बाँकी रहेको प्रवक्ता ओडारीले बताए। भारतका विदेशमन्त्री डा। एस जयशंकरले पनि ट्विट गर्दै…
