Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा जितका लागि बधाई दिएका छन् । भाजपा र एनडीए गठबन्धनको सफलतासँगै तेस्रो कार्यकालका लागि उनले मोदीलाई बधाई दिएका हुन् । मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मोदीजीलाई तेस्रो कार्यकालका लागि बधाई । संसारको ठूलो लोकतान्त्रिक अभ्यास भारतीय जनताको उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएकामा हामी खुशी छौं ।’ मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमतसहित जिततर्फ उन्मुख छ । यति बेला मोदी कार्यकर्तासामु सम्बोधन गर्दैछन् ।

Read More

काठमाडौँ: अरूण–३ जलविद्युत परियोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ भएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ११.८३७ किमि लामो मुख्य सुरुङ छिचोलिएको हो। अरुण ३ नौ सय मेगावाट बिजुली उत्पादन क्षमतायुक्त जलविद्युत् आयोजना हो। यसको विकासकर्ता भारतीय कम्पनी एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) रहेको छ। अर्धजलाशययुक्त आयोजनाको कुल लागत १ खर्ब ४४ अर्ब रहेको छ। आयोजनाले प्रतिवर्ष ३ हजार ४ ६६ गिगावाट आवर बिजुली उत्पादन गर्नसक्छ। आयोजना सञ्चालनमा आउँदा नेपालले ३ खर्ब ४८ अर्ब आम्दानी गर्नसक्छ भने २१.९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ। आयोजनाले १ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर स्थानीयलाई दिनेछ। ग्रामीण विद्युतीकरणतर्फ ३० युनिट बिजुली निःशुल्क हुनेछ भने ३…

Read More

काठमाडौँ: प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् । बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

Read More

काठमाडौं: फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । सोहि दिन दिउँसो कठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो…

Read More

नवलपुर, जेठ २०:नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाका आरोपीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरुद्ध आइतबार मुद्धा दर्ता भएको जिल्ला न्यायाधीवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले राप्रपाबाट बर्दियाकी प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाँईं नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो । सोही रायअनुसार सरकारी वकिलको कार्यालयले एकहप्ता अनुसन्धान गरेपछि आइतबार सबै ३५ जनाविरुद्ध मुद्दा दर्ता गरेको न्यायाधिवत्ता घिमिरेले जानकारी दिनुभयो । प्रतिवादी बनाइएकामध्ये रिमाल,…

Read More

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको अदालतका रजिस्ट्रार कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ: सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा…

Read More

राससटेक्सास (अमेरिका): आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आईसीसी प्रतियोगिता आयोजना गरेको हो ।

Read More

काठमाडौँ: एरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२-२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले…

Read More

काठमाडौं: आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा राखेको छ । छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् । त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर…

Read More