Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्न आबश्यक रहेको बताएकी छिन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला आज एक विशेष समारोहका बीच ललितपुरमा उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा ब्यक्त गरिन । हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने…

Read More

भीमदत्तनगर:कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको जानकारी दिए । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न…

Read More

काठमाडौँ: खाना पकाउने ग्यासमा बढ्दै गएको घाटाको ब्यापार नेपाल आयल निगम (एनओसी) लाई अहिले निकै टाउको दुखाईको बिषय बनेको निगम अधिकारीहरुले बताएका छन्। एलपी ग्यासमा निरन्तर वार्षिक रुपमा आयात बढ्नु र यसको घाटाको ब्यापारले निगमको आर्थिक स्थिति कमजोर हुँदै गएको छ। हाल निगमले अन्य पेट्रोलियम पदार्थमा भएको नाफाले ग्यासको घाटा पूर्ति गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा एलपीजीको मूल्य बढ्दै जानु तर सोहि अनुपातमा मूल्य समायोजन गर्न नसक्दा निगमले यसको ब्यापारमा ठूलो घाटा ब्यहोर्दै आएको छ । इन्डियन आयल कर्पोरेसनले (आइओसी) पठाएको अन्तिमम मूल्य सूचिअनुसार निगमले हाल प्रतिसिलिन्डर ग्यासमा २८० रुपैयाँ घाटा ब्यहोरिरहेको निगमका प्रवक्ता विरेन्द्र गॊइतले पहिलोक्लिकलाई बताए । उनका…

Read More

पोखरा: उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्न बाध्य बनेको…

Read More

नुवाकोट: नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ । आज नै आरोपी विश्वकर्मालाई अनुसन्धानको म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

Read More

भीमदत्तनगर: आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए । “घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उनले भने, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् । गृहमन्त्रालयले जिल्लामा नयाँ…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिका-११ भद्रकाली पुलस्थित काभ्रे शिखर आमबोटे गाउँपालिका-८ घर भएका २६ वर्षीय संजिव लामाले चलाएको बा ९१ प ८१९ नम्बरको स्कुटर शुक्रबार अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदा लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार हाल वतन नखुलेका २७ वर्षीय संजिब तामाङ नाम गरेका व्यक्ति गम्भीर घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ: नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयरहरु निष्काशन गर्नको लागि आरवीवी मर्चेण्ट बैंकिङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरवीवी मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भण्डारीले हस्ताक्षर गरे । नेपाल पुनर्बीमा कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरको एक करोड साठी लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको छ । यस नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व रुपैयाँ, जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विहिबार भएको कञ्चनपुर घटनाका घाइते तथा आन्दोलनकारीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। उनी शुक्रबार बिहान शिक्षण अस्पताल पुगेर सबै घाइतेको सरकारले उपचार खर्च ब्यहोहर्ने समेत बताएको, गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । हिजो भएको घटनामा गोलि लागि घाइते अर्जुन भण्डारीको शिक्षण अस्पतालमा उपचारत छन् ।

Read More

रसुवा: यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन प्राय जनैपूर्णिमाका बेला आयोजना हुने गोसाइँकुण्डमा मेला भर्न जाने गरेका हुन् । अहिले उक्त मेलामा कपिलवस्तुदेखि ताप्लेजुङसम्मका भक्तजन आएका जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयले भक्तजन आउनेक्रम बढिरहेको जनाएको छ । यस वर्षको मेलामा १५ हजार भक्तजनले गोसाइँकुण्डको स्नान गर्ने अपेक्षा गरिएकोे गोसाइँकुण्ड क्षेत्र…

Read More