Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई २० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनिहरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा एक लाख १० हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ ।…
काठमाडौँ: संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले अर्थतन्त्रको विकासमा अग्रस्थानमा रहेर कार्य गरीरहेको निजी क्षेत्रलाई उद्यमशीलता विकास र रोजगारी सृजनास“ग सूचना प्रविधिलाई जोडेर लैजाने कार्यमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा आज महासंघ सचिवालयमा आइसीटी क्षेत्रमा रोजगारी सृजना विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रिय उत्पादकत्व प्रवद्र्धनमा कसरी सूचना प्रविधिलाई जोडन सकिन्छ यसमा महासंघ जस्ता व्यवसायिक संस्थाको सहयोग सरकारले खोजेको स्पष्ट पारे । सूचना प्रविधिका क्षेत्रमा बाह्य मुलुकले अवलम्वन गरेको मोडल यहाँ लागू गर्नुभन्दा पनि सरकारले मुलुककै माटो सुहाउदो मोडल कार्यान्वयनमा ल्याउने समेत उनले बताए । मन्त्री बास्कोटाले शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, उद्योग…
सिन्धुली : कमला नदीको बढ्दो जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् । नदीको बढ्दो जलस्तरसँगै तल्लो क्षेत्र सिरहा र धनुषामा जोखिम बढेको छ । भेल बढेपछि त्यस भेगका नदी किनारका बासिन्दा डरले निदाउन सकेको छैन् । केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुलीस्थित कमला, चदाँहा, मरिण, ग्वाङलगायत खोलामा पानीको बहाव अत्याधिक बढेको छ । पानीको बहाव वढेपछि सबैभन्दा बढी तीर्थयात्री समस्यामा परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगङ्गा महादेव मन्दिरमा दर्शन गर्न आएका तीर्थयात्री कमला नदीमा पानीको बहाव वढेपछि समस्यामा परेका हुन् । वर्षात्का कारण कमला नदीमा पानीको बहाव बढेपछि प्रहरीले उनीहरुलाई सुरक्षित राख्दै कमला नदी तर्न दिएको छैन ।…
महेन्द्रनगर: भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गा जलाबिध्युतको बाँध खोलिएको र निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ । महाकाली नगरपालिका–१ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले आइतबार रातिदेखि बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्धमा क्षति पुग्न थालेको बताए । ‘नदीमा पानीको बहाव बढिरहेको छ’ उनले भने, ‘तटबन्धमा लगाइएको १२÷१३ वटा तारजाली बगाइसकेको छ ।’ अविरल वर्षापछि महाकालीमा पानीको बहाव बढेको हो ।…
काठमाडौँ: सरकारले आफ्नो पाँच महिने कार्यकाल पुगरेको दिन सरकाले ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डविरुद्धको अपरेसनले गर्दा अनुशन्धान एक सफल निचोडमा पुगेको र सुन तस्करको सञ्जाल तोडिएको दावी सरकारले गरेको छ । केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि गत असार मसान्तसम्मको उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकारले यो जानकारी दिएको हो। यस प्रकरणमा हाल फरार रहेका ३१ जना अभियुक्तमध्ये थप ८ जना विरुद्ध रेड कर्नर नोटिस र एक जनाविरुद्ध डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय मोरङमार्फत् सरकारले प्रक्रिया अघि बढाएको समेत् जनाएको छ। त्यसमध्ये ३ जना विरुद्ध रेडकर्नर नोटिस, १ जना विरुद्ध डिफ्युजन नोटिस यसअघि नै जारी…
काठमाडौँ: राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ । कटान गरिने रुखको क्षतिपूर्ति भर्न खाली स्थानमा एक रुख बराबर २५ नयाँ विरुवा रोपिनुपर्ने कानूनी प्रावधान रहेको उक्त महाशाखाका उपसचिव ज्वाला श्रेष्ठले बताउनुभयो । विसं २०७२ कात्तिक ८ गते स्वीकृत भएको उक्त प्रतिवेदन बमोजिम क्षतिपूर्तिस्वरुप रुख रोप्नुपर्दा निजी आयोजनाले रुख काटेको क्षेत्र बराबर जमीन किनेर रुख रोप्नुपर्छ भने सरकारी आयोजनाले सरकारले उपलब्ध गराएको…
विराटनगर :सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाइ अब अन्त्य हुने बताउदैे उनले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्द गर्छौं भने । यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै…
काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ हुन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ पेश गर्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गरे । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक,…
सुर्खेत:गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले जानकारी दिए दि। “आव ०७४/०७५ रुकुमले धान गहुँ, मकैलगायतका उत्पादित बाली आफूले खाएर दुई हजार ६६४ मेट्रिक टन सञ्चित गरेको छ भने सुर्खेतले पाँच हजार ४०५ मेट्रिक टन खाद्यान्न सञ्चित गर्न सकेको छ,” प्राविधिक सहायक श्रीवास्तवले भने ।…
काठमाडौँ: नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार (०६८ को राष्ट्रिय जनगणना) एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी…