Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रभु ग्रुपले ‘प्रभु पे’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यो एप्लिकेसनको सहयोगमा मोबाइलबाटै विभिन्न आर्थिक कारोबार गर्न सकिने छ । ‘प्रभु पे’ एप्लिकेसनको सहयोगमा कुनैपनि बैंक खातामा रकम ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल तिर्न, किनमेल गर्दा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न तथा मोबाइल रिचार्ज गर्न पनि सकिने जनाएको छ । यसबाट अनलाइन मात्र नभएर युनियन पे, क्यूआर कोड स्क्यान गरेर पनि पैसा तिर्न सकिने ग्रुपले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ग्रुपका अनुसार नियमित ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा…

Read More

काठमाडौं: सिटिजन्स बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट ४६ हजार ३८२ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी ६ कित्ता सेयर पुनः ६ जनालाई बाँडफाँट गरिएको छ । यसआधारमा ६ जना आवेदकले ११ कित्ता सेयर हात पार्न सफल भएका छन् । एफपीओमा कूल ६२ हजार ७०९ जना आवेदकले ६१ लाख ५ हजार ६३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ७३ जना आवेदकको रद्ध भएको छ । सिटिजन्सले साउन १५ गतेदेखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ…

Read More

महेन्द्रनगर, धनुषा: मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ । लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरको सूर्यविनायकको जंगलमा भएको प्रहरी इन्काउन्टर ‘फेक’ भ्रामक नभएको प्रतिक्रिया दिएका छन् । चितवनमा नेपाल प्रहरीको एक कार्यक्रमलाई सम्बोधन गर्न जानु अघि बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै शुक्रबार गृहमन्त्री बादलले भने, सरकारले इन्काउन्टरबारे पोजिसन प्रस्ट पारेको छ २४ घण्टा भित्रै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ। “प्राप्त रिपोर्ट अनुसार उनीहरु (निशान खड्का अपहरण र हत्याका आरोपी गोपाल तामाङर अजय तामाङ) मुठभेडमा नै मारिएका हुन्,” गृहमन्त्री बादलले भने । गृहमन्त्री बादल चितवनमा अवस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा आयोजित जुनियर प्रहरी अधिकृत शिक्षालयको दीक्षान्त कार्यक्रमका लागि त्यहाँ पुगेका हुन् ।

Read More

साना, यमन: यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ । उक्त घटनामा कैयौँ बालबालिका घाइते भएको बताइएको छ । आइसीआरसीले आफ्नो ट्वीटर पेजमा लेखेको छ, “दहमयान बजारतर्फ बालबालिकालाई लिएर हिँडेको बसमा हवाई आक्रमण भएपछि उत्तरी सादास्थित आइसीआरसीद्वारा सहयोगप्राप्त एक अस्पतालमा दर्जनौं मृतक बालबालिकालाई पु¥याइएको छ । घटनामा दर्जनौं व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको पनि ट्वीटरमा उल्लेख छ ।” सन्देशमा थप भनिएको छ, “अन्तराष्ट्रिय मानवीय कानूनले युद्धमा गैरलडाकू व्यक्तिमाथिको आक्रमण निन्दनीय मानिन्छ । गैरलडाकू व्यक्तिको सुरक्षा युद्धको अनिवार्य शर्त हो ।” यमनी हुथी विद्रोहीद्वारा…

Read More

बेनी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताएका छन् । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताए । उनले गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गलगायत योजना समयमै सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । “कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो, यसलाई कालीगण्डकी नदीको किनारैकिनार गैंडाकोट हुँदै त्रिवेणी नाका र पोखरासँग जोड्ने गरी गृहकार्य भइरहेको छ,” गुरुङले भने । मुख्यमन्त्री गुरुङले हालै कालीगण्डकी करिडोरको स्थलगत अनुगमन गरेका थिए ।…

Read More

काठमाडौं: अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता…

Read More

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् । मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् । ‘बुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्यो’, बौद्धका पासाङ शेर्पाले भने, ‘ठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ ।’ भौतिक पूर्वाधार तथा यातायात…

Read More

काठमाडौँ: सरकारले अव छ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ ।हाल सरकारले कूटनीतिक (रातो) बिशेष (निलो) साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसदमा पेस गरेको राहदानी ऐन संशोधन बिधेयकमा पांच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । बिधेयकमा कूतिनीतिक कर्मचारी या बिशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलै सर्भिस पासपोर्ट दिने व्यवस्था गरेको छ । विदेशस्थित दूतावास तथा नियोगमा पोस्टिंग हुने कर्मचारीले सहयोगी लैजाँदा त्यही देशको नियमानुसार तलव दिनुपर्ने भएकोले त्यसलाई चल्न नयाँ खालको राहदानी दिने व्यवस्था गर्न…

Read More

काठमाडौँ :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए । अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उनले बताए । ‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भने, ‘‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् ।’’…

Read More