Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर : विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करीब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । अनुसन्धानका क्रममा आइतबार दिउँसो साथी कहाँ जान्छु भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र आज खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुर मुद्दा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । घटनाका बारेमा प्रहरीले…
काठमाडौँ: महालक्ष्मी विकास बैँकले सोमबारदेखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको बैंकले जनाएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले असार मसान्तसम्म २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।
काठमाडौँ : नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनका क्रममा यसअघि दिएको निर्देश निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एनएण्डएस औषधि पसल सिलबन्दी गरिएको हो । त्यसैगरी मनकामना मार्केटिङ स्टोर र केसी चिकेन स्टोर गँगबुमा पनि कुखुरा राख्ने स्थान र वधस्थल अत्यधिक फोहोर भएको, छानाबाट पानी चुहिएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात व्यवसायस्थलमा नभएकाले हाल दुवै पसलका सामान सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो । केसी चिकेन स्टोरबाट म्याद नाघेका दुई हजार ८०० रुपैयाँ बराबरको सामान नष्ट गरिएको छ ।…
काठमाडौँ: रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ । इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए । सिलिङ्गस ट्राभल्स एण्ड…
काठमाडौँ :संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिको आज बसेको पहिलो बैठकले पाँच वर्षमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था, निर्देशन कार्यान्वयन नभएको भए नहुनुका कारण, जिम्मेवार पक्ष र भावी कार्ययोजनाका बारेमा विवरण बुझाउन निर्देशन दिएको हो । समितिका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले उक्त निकायलाई सो अवधिको राजश्व, पूँजीगत खर्च, वैदेशिक सहायतालगायतको लक्ष्य र प्रगतिसहितको बजेट कार्यान्वयनको अवस्था र प्रवृत्तिको विवरण बुझाउन निर्देशन दिने निर्णय गरेको छ । उक्त अवधिको आयातनिर्यात लगायतका समष्टिगत आर्थिक…
काठमाडौँ: उतारचढाबका बीच आज पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से शुन्य दशमलब २१ अंकले घटेर १ हजार १८९ दशमलब 67 अंकमा पुगेको छ । आइतबार नेप्से आज एक दशमलब ४३ अंकले घटेर १ हजार १८९ दशमलब ८८ अंकमा कायम रहेको थियो । आजको कारोबारमा सबैभन्दा जीवन बीमा १६ दशमलब ७३ अंक, होटल ६ दशमलब ०३ अंक र विकास बैंदशमलब ९८ अंकले घटेका छन् । यधपी, लघुवित्त समूहको परिसूचक ६ दशमलब ३६ अंकले , व्यापार समूह २ दशमलब ११ अंक र बाणिज्य बैंक सामूहको परिसूचक एक दशमलब २३ अंकले बढेको छ । नेप्से परिसूचक घटेपनि कारोबार…
काठमाडौँ: हिजो साँझदेखि अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भएको थाहापाएपछि प्रहरीले अपहरणकारीलाई इन्काउन्टरमा हत्या गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको, महाशाखा प्रमुख धिरजप्रताप सिंहले पहिलोक्लिकलाई जानकारी दिए। सिंहका अनुसार घटनास्थलबाट प्रहरीको टोलीले एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग गरिएको मोबाइल फोन बरामद गरिएको छ । खड्का आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित बालक खड्काको हत्या भएको थियो। प्रहरीले ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । उनको शव सोमबार दिउँसो १२ बजे बरामद गरेको उनले बताए ।…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालय मातहतका सम्पूर्ण बिभाग, कार्यालय, संस्थान र प्राधिकरणका प्रमुख आफैले गरेको निर्णय कार्यान्वयन नहुने गरी अनि कारवाही पनि आफैले खाने गरी काम नगर्न आदेश दिएका छन् । सञ्चार बाँस्कोटाले आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७५/७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको सार्वजनिक गर्दै उनले सो धारणा राखेका हुन् । उनले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन समेत दिएका छन् मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिए । मन्त्रालयले…
रत्ननगर :चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन । बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी…
काठमाडौँ: गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको व्यापार घाटा झन्डै १२ खर्ब पुगेको छ । गत आर्थिक वर्षमा नेपालबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १२ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा नेपालको ब्यापार घाटा २७ दशमलब ५३ प्रतिशतले वृद्धि भई ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात २६ दशमलब ३१ प्रतिशतले र निर्यात ११ दशमलब १७ प्रतिशतले बृद्दि भएको छ ।आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब बराबरको…