Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
- माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
- उद्धारमा खटिएका हेलिकप्टरलाई ४० हजार ८४० लिटर हवाई इन्धन
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गरे । उहाँले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे । अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष…
काठमाडौँ: विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र…
सल्लेरी, सोलुखुम्बु: सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ । उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए । साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए । “अब एक दिन हिँड्नुपर्ने बाध्यता हट्यो” गाउँकार्यपालिका सदस्य बुद्धिराज राईले भने, “एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ ।” गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् ।…
बैतडी : गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार पानी परिरहेकाले समस्या भएको छ । अवरुद्ध सडक अपराह्नसम्म सडक पुनःसञ्चालनमा आउने प्रहरीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन्…
काठमाडौँ: अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा बुधबार पुनः दोश्रो चरणको वार्ता हुने भएको छ । हिजो मंगलबार रातिसम्म चलेको वार्ता सकारात्मक भएपछी आज फेरी दुई पक्ष बार्तामा बस्न तयार छन् । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका हुन् । उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गरे । उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए । नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको…
काठमाडौँ: यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुनसकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुुग्ने मन्त्री विष्टले बताए । यूएइको माग र आवश्यकताअनुुरुप नेपालमा…
फलेवास, पर्वत: पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । ट्रान्समिटर पड्किएपछि उक्त क्षेत्रमा…
काठमाडौँ: घटना हो यही बैशाख २२ गतेको जुन ललितपुरस्थित नक्खु कारागारभित्र घटेको थियो। भक्त बहादुर सुनार जो सोहि कारागारमा थिए उनको उपचारको क्रममा रहस्यमय मृत्यु भएको थियो । कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा २० वर्षे कैद सजाय भुक्तान गरिरहेका बर्दिया ठाकुरद्वार–५ का ३२ वर्षीय सुनारको मृत्यु अस्वभाविक देखिएको थियो । गएको वैशाख १९ गते ज्वरो आउने तथा वान्ता हुने भएपछि वीर अस्पतालमा उपचारका लागि सुनारलाई लगिएको थियो । पछि एक्कासी ब्लडप्रेसर कम हुने भएपछि सुनारलाई आइसीयुमा राख्नुपर्ने भन्दै पाटन अस्पताल पुराइएको थियो । तर पाटन अस्पतालमा उपचारका क्रममा सुनारको वैशाख २२ गते मृत्यु भएको थियो । सुनारको मृत्युको कारण…
काठमाडौं: सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिनेछैन’ उल्लेख छ । यसले निर्देशिका कार्यान्वयन हुनुअघि अर्थात् १८ चैतअघि रुट अनुमति लिने सवारीसाधनलाई कम्पनीमा दर्ता हुन अनिवार्य गरेको छैन । यही नीतिगत त्रुटिलाई आधार बनाएर देशभरका ३ लाख ५० हजार सार्वजनिक सवारीसाधन अझै पञ्जीकरणमा आएका छैनन् । तर, रुट अनुमति लिएर वैधानिक…
काठमाडौं: सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयाबट नयाँ इलाजतामा रोक लगाएको छ । मन्त्रालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ इजाजतपत्र जारी नगर्न निर्देशन दिएका छ । मन्त्रलयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण कार्य नगर्न विभागलाई निर्देशन दिएको छ ।