Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

इस्लामावाद: पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने संकेत देखिएको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका अनाधिकृत, अपूर्ण चुनावी परिणामहरुलाई स्वीकार गर्न नसकिने जनाएको छ । मतगणना जारी रहेपनि खानका समर्थकहरु सडकमा नाराबाजी गर्दैै खुशीयाली मनाउन थालेका छन् । विपक्षी दलहरुले भने सैनिकको सहयोगमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् । स्थानीय सञ्चारमाध्यमले चुनाव सकिएको १३ घण्टाभन्दा बढीको अवधिमा आधाभन्दा कममात्र मतगणना भएको जनाएका छन् र यो अनपेक्षित ढिलाईले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिने खतरा…

Read More

रसुवा: गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का रहेका छन् । पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी रहेको र खोज उद्धारका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धारकार्य प्रभावकारी बनाउन प्रजिअ कृष्ण पौडेललको नेतृत्वमा सुरक्षा निकायसमेतको परिचालन गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमको ‘मकालु’ नाम दिइएको दोस्रो वाइडबडी जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका छन् । विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । आज बिहान ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको नयाँ विमानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा लगायत निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका छन् । मकालु नाम दिइएको ए ३०३-२०० सिरिजको विमानको कल साइन ९ एनएलजेट छ । यसअघि गत असार २४ गते निगमले पहिलो…

Read More

इस्लामावाद: हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो । निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्रमा सार्वजनिक हुनसक्ने बताइएको छ । राष्ट्रियसभा, संसद्को तल्लो सदन र चारवटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो । पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र…

Read More

काठमाडौं: सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ । यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ । विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

Read More

काठमाडौं: तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । आजको नयाँ पत्रिकामा छापिएको समाचारअनुसार, नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

Read More

काठमाडौं: पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको खबर आजको कान्तिपुरमा छ । यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ । २०७२ को भूकम्पले पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ब्युटिफिकेसन गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरेर पुननिर्माण सुरु गरेपछि विवाद भएको थियो ।

Read More

प्रकाश सिलवाल काठमाडौँ: आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि आज तयारी गरिएको सहमति टरेको छ । राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्नेलगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न सरकार लचिलो भए पनि केसी पक्षले नयाँ अडान राखेपछि आज सहमति हुन नसकेको हो । केसी पक्षले यसअघिको चिकित्सा शिक्षा अध्यादेशमा भएका विषय नछुटाई छोटो बाटाबाट पूरक विधेयक ल्याउन फरक माग गरेको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष…

Read More

एजेन्सी: खगोलीय अध्ययन र यसमा रुची राख्नेका लागि शुक्रबार एक दुर्लभ र निकै आकर्षक खगोलीय घटना घट्ने वाला छ त्यो के हो भने ब्लड मुन अर्थात रातो खग्रास चन्द्रग्रहण । यसपालि देखिन लागेको यो चन्द्रग्रहण शताब्दीकै लामो चन्द्रग्रहण हुनेछ । यो विश्वको प्रमुख शहरबटा देखिने छन् भने नेपालको आकाश पनि खुला रहेको खण्डमा तपाइले पनि यसको अवलोकन गर्न सक्नु हुनेछ । यो शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म देखिन सकिनेछ भने यसको समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। शुक्रबार राति (साउन २८ गते) १२ बजेर ९ मिनेटबाट…

Read More