Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
- माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
- उद्धारमा खटिएका हेलिकप्टरलाई ४० हजार ८४० लिटर हवाई इन्धन
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)को टोलीले बालिकाको माटोमुनिबाट उद्धार गरेको हो। शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको एपीएफको टोलीले बालिकाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ। भदौ १० गते बिहान भोटेकोसीमा आएको बाढीले रसुवागढीसहित तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको थियो। बाढीमा हराइरहेका मानिसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्। यसैक्रममा सशस्त्रको टोलीले टिमुरे क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। खोजबिनका क्रममा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट टिमुरेबाट करिब दुई सय मिटर नजिक बाढीले थुपारेको ढुंगा र काठभित्रबाट बालिकाको उद्धार गरिएको…
काठमाडौं, भदौ १४: नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आजदेखि दूरसञ्चार सेवा सुचारु गरेको छ। यससँगै बाढी तथा पहिरोका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका छन्। टेलिकमका अनुसार रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरबाट सेवा पुनः सञ्चालन गरिएको छ। उक्त टावर सञ्चालनमा आएसँगै जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको खोज तथा उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ। टावर सञ्चालनका लागि आवश्यक सामग्री सवारीसाधन तथा भरियामार्फत ढुवानी गरिएको थियो। त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–स्थित कालिकास्थानको टावरबाट पनि सेवा सुचारु भएको छ। नुवाकोट जिल्लाका तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन्। ती टावर…
काठमाडौँ: आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन लगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ । त्यस्तै, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बरावरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ ।यसैगरी आइएमइले संसारभरीबाट…
काठमाडौं: बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ। अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका छ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको हो। चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाबारे प्राविधिक रेकी गर्नेछ। टोलीले सुरुङको भौतिक अवस्था, सम्भावित जोखिम तथा उद्धारको सम्भावनाबारे प्रारम्भिक प्राविधिक मूल्यांकन गर्नेछ। प्रारम्भिक अध्ययनका आधारमा उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ प्राविधिक…
काठमाडौँ: नेपाल आयल निगमले रसुवाको भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराएको छ। निगमका अनुसार नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हेलिकप्टरमा इन्धन भर्ने (रिफ्युलिङ) व्यवस्था मिलाइएको छ। भदौ १० गते १२ हजार लिटर, भदौ ११ गते ट्यांकरमार्फत ९ हजार र हेलिकप्टरमार्फत १ हजार ८४० लिटर, भदौ १२ गते ९ हजार लिटर तथा भदौ १३ गते थप ९ हजार लिटर हवाई इन्धन पठाइएको हो। रिफ्युलिङ सेवा नियमित रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ। उद्धार कार्यलाई सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ। बाढी…
काठमाडौं: भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ । त्रिशूली क्षेत्रका…
काठमाडौँ: विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ । बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा आज पाँच सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई पाँच सय सय सोलार पावर बैंक हस्तान्तरण…
काठमाडौँ: भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ…
काठमाडौं । बाढीका कारण ज्यान गुमाएकाहरू मध्येमा नेपालमा हालसम्म १६२ भन्दा बढीको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । सम्पर्कविहीन हुनेहरूमा २७ भन्दा बढी देशका सयौँ पर्यटकहरू पनि छन्। हराइरहेकामध्ये १०० भन्दा बढी भारतका ५४ जना अमेरिकाका ३४ जना अस्ट्रेलियाका र ३३ जना यूकेका रहेका अधिकारीहरूले बताएका छन्। तिब्बतमा पनि तीनजनाको मृत्यु भएको र २६५ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएको छ। नेपालमा दर्जनौँ प्रहरी र सैनिकहरू पनि हराइरहेका छन्। रसुवा, नुवाकोट लगायतका प्रभावित जिल्लामा रहेका विद्यालय, निजी भवन, बैंकमा कार्यरत कर्मचारीहरु पनि सम्पर्कविहीन छन ।