Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिनुभएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो । अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेकोविरुद्धमा झाले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको थियो तर झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि अदालतले मुद्दा फिर्ता गर्ने फैसला सुनाएको हो ।

Read More

काठमाडौँ: उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त जगाती–कोटेश्वर क्षेत्रमा…

Read More

काठमाडौँ: सरकारले नयाँ बजेटमार्फत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले केहि सेवामा भाउ नबढाउने भएको छ । उपभोक्ता माज लोकप्रिय रहेका केहि सेवामा उपभोक्तालाई आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमले एडीएसएलमा भाउ नबढाउने निर्णय गरेको छ । यस्तै विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक एक जीविको थ्रीजी/फोरजी परडे प्याकमा भाउ नबढ्ने टेलिकमले जनाएको छ । सरकारले आर्थिक विधेयकमार्फत टेलिफोन कलमा लाग्दै आएको दूरसंचार शेवा शुल्कलाई ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत बनाएको छ । यस्तै इन्टरनेटमा एकै पटक दूरसंचार सेवा शुल्क वापत कर १३ प्रतिशत लगाइएको…

Read More

काठमाडौँ: नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ । एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर, विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने प्रस्ट पार्न टेबलमा प्रस्तुत गरिएको उदाहरण नै काफी छ । गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए । त्यस्तै, बिडिएस पढेका…

Read More

काठमाडौँ: विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्। अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ। सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन्। सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन्। यो मूल्य समायोजनसँगै मोबाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशतले र टेलिफोन भ्वाइस कलको शुल्क दुई प्रतिशतले बढ्नेछ।,…

Read More

काठमाडौँ: रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ। त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा लागू गरिएको फास्टट्रयाक प्रणाली पनि सैनिक नियमावली संशोधनसँगै खरेज हुने मन्त्रालका अधिकारीले जनाएका छन्। शिक्षा, स्वास्थ्य, विकास निर्माण, इन्धन खसरीद विक्रिीलगायतका क्षेत्रमा सेनाको भूमिका विवादास्पद हुन नदिन दायरा संकुचन बनाउने पनि रक्षाको तयारी छ।, आजको कारोवार दैनिकमा यो खबर छ । पत्रपत्रिकाबाट

Read More

काठमाडौँ : २१ औं संस्करणको फिफा विश्वकप २०१८ महाकुम्भ फुटबलको उपाधि फ्रान्सले हात पारेको छ । क्रोएसियालाई फाइनल खेलमा ४ -२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि चुम्न सफल भएको हो । फ्रान्सका लागि खेलको १८ औ मिनेटमा क्रोएसियन खेलाडि म्यान्जुभिकको वोन गोल को माध्यमबाट फ्रान्सले अग्रतालिएको थियो भने त्यसको २८ औं मिनेटमा क्रोएसियाका लागि पेरिसिकले बराबरी गोल गरे । त्यसको ३९ औं मिनेटमा क्रोएसियाका खेलाडीले डी बक्सभित्र ह्याण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई भिएआरको माध्यमबाट पेनाल्टि दिन बाध्य भए र एन्टेनियो ग्रिजमेनले फ्रान्सलाई मध्यान्तर अघि नै २-१ को अग्रता दिलाएको थिए । खेलको दोस्रो हाफमा पोग्वाले ५९ औ मिनेटमा र एमबाप्पेले…

Read More

काठमाडौँ: जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनल खेल अहिले चलिरहँदा पहिलो हाफसम्म फ्रान्स क्रोएसियाविरुद्ध २-१ गोलले अघि रहेको छ। खेलको १८ मिनेटमा वोन गोल को माध्यमबाट फ्रान्सले अग्रतालिएको थियो भने त्यसको २८ औं मिनेटमा फ्रान्सका लागि पेरिसिकले बराबरी गोल गरे । त्यसको ३९ औं मिनेटमा क्रोएसियाका खेलाडीले डी बक्सभित्र ह्याण्ड गरेपछि फेफ्रीले फ्रान्सलाई पेनाल्टि दिए र येन्नटेनियो ग्रिजमेनले २-१ अग्रता दिलाएको हो ।

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन् । आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उनले आज सहभागीको आग्रहमा उक्त सात मिनेट लगाएर शीर्षकरहित नौ लाइनको कविता रचिएको बताए । प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिर गरे…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आज अर्थमन्त्रालयमा भेटगरी साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई भ्याटमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या तथा महिला उद्यमशीलता विकास कोषको रकम वृद्धि लगायतका विषयमा ध्यानाकर्षण गराएको छ । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसंगको भेटमा व्यूटि पार्लर व्यवसाय र सुटिङ् सर्टिङ्¨को सामान सहितको टेलरि¨ व्यवसाय जस्ता स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ताको व्यवस्थाबाट यी पेसा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले यसमा पुनर विचार गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले यी व्यवसायहरूमा थ्रेसहोल्डको आधारमा मुअकरमा दर्ता गर्ने व्यवस्था हुन समेत सुझाव पेश गरेको छ…

Read More