Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । आजको नयाँ पत्रिकामा छापिएको समाचारअनुसार, नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

Read More

काठमाडौं: पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको खबर आजको कान्तिपुरमा छ । यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ । २०७२ को भूकम्पले पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ब्युटिफिकेसन गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरेर पुननिर्माण सुरु गरेपछि विवाद भएको थियो ।

Read More

प्रकाश सिलवाल काठमाडौँ: आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि आज तयारी गरिएको सहमति टरेको छ । राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्नेलगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न सरकार लचिलो भए पनि केसी पक्षले नयाँ अडान राखेपछि आज सहमति हुन नसकेको हो । केसी पक्षले यसअघिको चिकित्सा शिक्षा अध्यादेशमा भएका विषय नछुटाई छोटो बाटाबाट पूरक विधेयक ल्याउन फरक माग गरेको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष…

Read More

एजेन्सी: खगोलीय अध्ययन र यसमा रुची राख्नेका लागि शुक्रबार एक दुर्लभ र निकै आकर्षक खगोलीय घटना घट्ने वाला छ त्यो के हो भने ब्लड मुन अर्थात रातो खग्रास चन्द्रग्रहण । यसपालि देखिन लागेको यो चन्द्रग्रहण शताब्दीकै लामो चन्द्रग्रहण हुनेछ । यो विश्वको प्रमुख शहरबटा देखिने छन् भने नेपालको आकाश पनि खुला रहेको खण्डमा तपाइले पनि यसको अवलोकन गर्न सक्नु हुनेछ । यो शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म देखिन सकिनेछ भने यसको समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। शुक्रबार राति (साउन २८ गते) १२ बजेर ९ मिनेटबाट…

Read More

काठमाडौँ: गृह मन्त्रालयले बुधाबर काठमाडौँ जिल्लाकोसहित केहि जिल्लाकाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। जसमध्ये काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ भने चर्चित ३३ किलो सुन काण्डको अनुशन्धान समितिका संयोजक इश्वरराज पौडेलको भने गृहबात अध्यागमन विभागमा सरुवा गरिएको छ । यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौंको सिडिओको जिम्मेवारीमा ल्याइएको छ। त्यस्तै ओखलढुंगाका जनकराज पन्तलाई चितवन सरुवा गरिएको छ। गृहका प्रेमराज जोशीलाई ललितपुर जिल्लाको सिडिओ बनाइएको छ । ललितपुरका यसघिका सिडियो महादेव पन्थलाई गृह तानिएको छ । यस्तै सरकारले केहि उपसचिवहरुको पनि सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।

Read More

काठमाडौँ: बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।” उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए । त्यसैगरी दुर्गा प्रसाईलाई पनि कारवाहीको माग गर्दै नेपाली काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक  स्थगन भएको थियो…

Read More

मिन्स्क: बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ । यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य रहेका छन् । आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ । यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न…

Read More

काठमाडौँ: इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको चन्द्रागिरि केबलकारको  भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको बताए । भ्रमणका क्रममा मुहम्दलेकम्पनीका अध्यक्ष  ढकाल तथा उनको समुहले निर्माण गरेको परियोजनाले देश विकासमा ठूलो भूमिका खेल्ने भन्दै नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेकोले परियोजना निर्माण तथा सफलताको शुभकामना ब्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि…

Read More

काठमाडौ: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक(एडिबी)का नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभबीच उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पुनले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री पुनले तनहु जलविद्युत परियोजना र भुमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए । भेटमा उनले दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी समेत दिए । दुधकोशी परियोजनामा…

Read More