Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ८८ अंकले बढेर अन्तिम दिन १ हजार २२४ दशमलब ४१ अंकमा पुगेको छ । यस साता उतपादन मूलक समूह बाहेक सबै समूहको परिसूचक वृद्धि आएको छ । बाणिज्य बैंक समूहको परिसूचक २९ दशमलब ८९ अंकले, विकास बैंक ५४ दशमलब ७५ अंकले, बित्त ८ दशमलब ७७ अंकले र लघुवित्त ८३ दशमलब ८८ अंकले बढेको छ । त्यसैगरी, होटल समूहको परिसूचकमा ८८ दशमलब २२ अंकको, जलबिधुत ४१ दशमलब ५४ अंकको, बिमा ३ सय ३३ दशमलब १८ अंकको र अन्य समूहको परिसूचकमा १२ दशमलब ०९ अंकको सुधार आएको छ । उत्पादन मूलक समूहमा भने…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको हो । बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको कार्यदललाई ३ दिन समय दिइएको छ । कार्यदललाई नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशन गर्ने कार्यादेश दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदलले तयार पार्ने नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर त्यही दिन प्रकाशनका लागि पठाउने निर्णय भएको छ ।

Read More

रत्ननगर: पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । डल्लाकोटीसहितको एक समूहले गत वैशाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा तीन हजार ९४ बोट केरा काटेको पाइएको थियो । उनीहरुले १२ किसानको १५ लाखभन्दा…

Read More

बाजुरा : गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए । मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन् । घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताए ।

Read More

फलेवास, पर्वत: हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु…

Read More

काठमाडौँ: “डाक्टरले पित्तमा पत्थर निकै छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि मन सिरिङ्ग भयो, डर लाग्यो”, पूर्व प्रहरी नायब उपरीक्षक मोहनकृष्ण घलेले भने, “एक पटक आयुर्वेदिक औषधि खाएर हेर्छु भन्ने मनमा आयो, त्यसपछि आयुवेदिक औषधि खाएँ ।” ओलखुढुङ्गा स्थायी घर भई हाल सिफल बस्ने घले अहिले ८० वर्षको छन् । उपचार गर्दा ६५ वर्षको थिए । शल्यक्रिया गर्न उमेरले पनि ठीक हुँदैन कि भन्ने भयो । ललितपुरको कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधि खाएपछि पत्थरी पूर्णरुपमा ठीक भयो । घलेजस्तै सोलुखुम्बु स्थायी घर भई हाल बत्तीसपुतली बस्ने नीरबहादुर कार्की पनि पित्त पत्थरीको…

Read More

काठमाडौँ : युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड रुपैयाँ धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ । शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो । स्रोतका अनुसार जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् ।

Read More

काठमाडौँ: जारी बिश्वकप फुटबलको क्वाटरफाइनलको दोश्रो खेलमा बेल्जियमले ब्राजिललाई २-१ हराउंदै सेमिफाइनलको यात्रा तय गरेको छ । बेल्जियमले पहिलो हाफमानै ब्राजिल बिरुद्ध दुई गोल गरेको थियो । ब्राजिलका स्टार खेलाडी नेमार अन्तिम समयमा प्रहार गरेको बलले पनि जाली चुम्न नसक्दा ब्राजिलले हार खानु परेको छ । हाफपछि आक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलले एक गोल गर्न सफल भयो भने गोल गर्ने धरै अवसर पाए पनि ब्राजिलले दोश्रो गोल गर्न नसक्दा विश्वकप जित्ने सपना समाप्त भएको छ । यो जितसंगै सेमिफाईनलमा बेल्जियमले फ्रान्स संग भिड्ने छ । बेल्जियम दोश्रोपटक सेमिफाईनलमा पुगेको हो ।

Read More

काठमाडौंँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई समेटेर सरकारले सल्लाहकार समूह गठन गर्न लागेको जानकारी दिएका छन् । नेपाल उद्योग परिसंघको १५ औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गरिने स्पष्ट गरे । स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुन सक्ने बताउँदै उनले ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको बताए । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउन इच्छुक रहेको स्पष्ट पार्दै भने, “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि…

Read More

बनेपा: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरीद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लायर्सलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोबार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ ।

Read More