Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
- भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं, मंसिर ११ । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद पाएको हो। मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा अनुसन्धानका लागि भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। उक्त प्रकरणमा प्रहरीले यसअघि नै दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।
काठमाडौं, मंसिर ११ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न भएको भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। भेटवार्ताका क्रममा भारत भ्रमणबाहेक मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो । बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो । आधुनिक प्रविधिको…
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो ।कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिएको हो । बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् ।…
काठमाडौं, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा परिवर्तन गरिएको हो। नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाह पहिलो र अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन्। त्यसपछि कानुनमन्त्री सोविता गौतमलाई तेस्रो मर्यादामा राखिएको छ। यससँगै मन्त्रिपरिषद्मा प्रधानमन्त्री र अर्थमन्त्रीपछि कानुनमन्त्री गौतमको मर्यादाक्रम रहने भएको छ।
मलेसिया जाने श्रमिकसँग रकम असुली प्रकरण काठमाडौं, मंसिर १० । मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आजै काठमाडौं ल्याउने तयारी गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई भारतको दिल्लीबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई विमानमार्फत सिलगुडीस्थित बागडोगरा विमानस्थल पुर्याइएको थियो। बागडोगराबाट झापा ल्याइएका अर्याललाई भद्रपुर विमानस्थलबाट जहाजमार्फत काठमाडौं ल्याउन लागिएको स्रोतले जनाएको छ। काठमाडौं ल्याइएपछि उनलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी छ। अदालतमा म्याद थपका लागि पेस गरिने बताइएको छ। मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरिएको प्रकरणमा अर्यालमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौं: सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो।नयाँ ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।ऊर्जा मन्त्रालयले तयार गरिरहेको नयाँ ढाँचामा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युतको अनुपात निर्धारण हुनेछ। यसले आगामी दशकमा मुलुकलाई कस्तो प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार…
काठमाडौं, मङ्सिर ९। काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीले सरकारको सूचना अस्वीकार गर्ने बताएका छन्। सरकारले शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बस्दै आएका सुकुमवासीले आफूहरू उक्त स्थान नछाड्ने अडान लिएका हुन्। हाल उक्त सेन्टरमा ५९ जना बसिरहेका छन्। सेन्टरमा बस्दै आएका सञ्जय चौधरीले सरकारले दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन्। उनका अनुसार गत बिहीबार पनि जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट आएको टोलीले मौखिक रूपमा सेन्टर खाली गर्न जानकारी गराएको थियो। चौधरीले आफूहरूलाई आफू बसेको स्थानबाट हटाएर अन्यत्र व्यवस्थापन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए। आफूहरूलाई जहाँबाट ल्याइएको हो, त्यहीँ फर्काउनुपर्ने वा त्यसको आसपासमा…
हेटौँडा। बागमती प्रदेश सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक नीति, २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाहरूले माग गरेका छन्। नीतिमा समेटिएका व्यवस्था व्यवहारमा लागू गर्न आवश्यक बजेट, संस्थागत समन्वय र प्रभावकारी अनुगमन हुनुपर्ने उनीहरूको जोड छ। नीति निर्माण गरेर मात्र अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधान नहुने भन्दै सरोकारवालाहरूले कार्यान्वयनलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्। नेत्रहीन युवा संघ नेपालको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सहआयोजनामा सोमबार हेटौँडामा आयोजित ‘अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, समस्या, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रादेशिक नीति, २०८३ को कार्यान्वयन अवस्था,…
काठमाडौँ, मङ्सिर ९ गते। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । १२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा मन्तव्य राख्दै अध्यक्ष ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पारेका छन् । उनले यस विषयमा उद्योग मन्त्री र सचिवको विशेष ध्यानाकर्षण गराए ।“उद्योग प्रवर्द्धन…
