Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: वायु सेवा सञ्चालक संघले भने पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् । कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ । भारत लगायतका अन्य मुलुकमा खोलिएको आन्तरिक उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सिट क्षमता अनुसारकै यात्रु…

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै (लामो, मध्यम तथा छोटो दूरी)सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् । आज विश्वकर्मा दिवससमेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् । लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी जानकारी दिए…

Read More

काठमाडौं: विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आउने भएको छ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरि हिल्सले जनाएको हो । केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे संगै अहिले निषेध आदेशबाट बन्द रहेको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले बताए । ‘कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौं’ शाहले भने…

Read More

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो”, उहाँले भन्नुभयो, “ ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।” बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले…

Read More

काठमाडौँ:नेपाल आयल निगमले डिजेल र मट्टीतलको मूल्य समायोजन गरी घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक एक रुपैंयाको दरले घटाएको हो । निगमका अनुसार अब डिजेल र मट्टीतेलको प्रतिलिटर बिक्री मूल्य ९० रुपैंया कायम भएको छ । यो मूल्य काठमाण्डौं डिपोको १५ किलोमिटर आसपासका लागि मात्र लागू हुने निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Read More

काठमाडौँ: अघिल्लो दिन सामान्य करेक्स्न आएको शेयर बजार बुधबार सामान्य बढेको छ । जलविद्युत र होटलका शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दा कारोबार रकममा समेत बढेको छ । शेयर बजारबाट छोटो समयमै नाफा कमाएका लगानीकर्ताले नाफा बुक गर्नेक्रममा पोर्टफोलियो बदल्दा यसको सकारात्मक प्रभाव जलविद्युतमा परेको छ । अन्य समूहबाट गरेको नाफा जलविद्युतका सस्ता शेयर खरीदमा लगानी गरेको देखिन्छ । त्यस्तै लकडाउन खुकुलो भएपश्चात होटलहरुको व्यापारमा सुधार आउने अपेक्षाले होटलका शेयरमा समेत लगानी बढ्दा मूल्य बढ्न गएको हो। बुधबार नेप्से सूचक ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । आज १९४ कम्पनीका ६३ लाख ९० हजार ८३ कित्ता शेयर ३० हजार ५९०…

Read More

काठमाडौं:: नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार सचिवालय बैठक बोलाएको छ । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ । शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो । नेकपाको अधिकांश वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको छ ।

Read More

काठमाडौँ: भोलिबाट लामो दूरीको सार्वजनिक यातायात चल्ने भएको छ। यातायात व्यवसायीले बिहीबारबाट लामो दूरीको यातायात सञ्चालनको लागि तयारी भइसकेको बताएका छन्। सरकारले भदौ ३१ सम्म लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। ‘हामीले असोज १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने पहिले नै बताएका थियौँ’, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘व्यवसायीले पहिलेदेखि नै सञ्चालन गर्ने तयारी गरेकाले भोलिबाट चलाउन कुनै समस्या छैन।’ सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको…

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ थियो । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त…

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारी नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढेको छ। बेलायतको प्रसिद्ध जर्नल लान्सेटमा प्रकाशित रिपोर्टले लकडाउन सुरु भएयता मृत शिशु जन्मिने संख्या ह्वात्तै बढेको देखाएको हो। लकडाउन सुरु हुनुअघिसम्म प्रतिहजार शिशु जन्मिदा नेपालमा १४ मृत शिशु जन्मिने गरेका थिए। तर, लकडाउनयता यो संख्या बढेर प्रतिहजार २१ पुगेको अध्ययनले देखाएको छ। स्विडेनको उप्पशाला विश्वविद्यालयका आशीष केसीको नेतृत्वमा गरेको अध्ययनले नेपालमा मृत शिशु जन्मिने संख्या ५० प्रतिशतले बढेको देखाएको हो। ती शिशुहरुको आमाको पाठेघरभित्रै मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ। केसीको समूहले नेपालका नौ वटा अस्पतालमा भर्ना भएका २० हजार सुत्केरीहरुमाथि अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो। सो…

Read More