Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका थिए। नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको…
काठमाडौँ:लगातार तीन दिन घटेको शेयर बजार सूचक मापक नेप्सेमा चौथो कारोबार दिनमा सुधार आएको छ । गत बिहीबार सामान्य घटेकोमा अघिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेप्से सूचकमा मंगलबार सुधार आएपनि कारोबार रकम भने घट्न पुगेको छ । अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा अघिल्ला दुई दिन बजार घटेपनि मंगलबार भने ७ अंक बढीले सुधार भएको छ । मंगलबार नेप्से ७.३५ अंकले बढ्दा १ अर्ब ७९ करोड ८३ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा ३७ करोड कम हो । यसदिन १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर २३ हजार २९७ पटक कारोबारमा आए…
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको मर्यादाका संबन्धमा अनौठो सुनिने खालको निर्देशन जारी गरेको छ। मंगलबार एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सञ्चालकले पालना गर्नु पर्ने आचरण सम्बन्धि ब्यवस्थामा अर्को एउटा बुँदा थपेको छ, जुन रमाइलो सुनिन्छ। यसअघि सञ्चालकले आफ्नो आचरण राम्रो गर्नु पर्ने, दैनिक काममा हस्तक्षेप गर्न नहुने ब्यवस्थालगायत थियो।यसमा राष्ट्र बैंकले अर्को एउटा ब्यवस्था पनि थपेको हो। थपिएको नयाँ ब्यवस्थमा भनिएको छ- सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, ब्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने छ। संस्थाको कार्य वातावरण विग्रिने,घृणा, द्वेस उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु/ गराउनु हुँदैन।
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताए। कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीको जिज्ञासामा चिकित्सकहरुले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए…
काठमाडौँ: कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ…
काठमाडौँ: नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन । “लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भने । महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर…
काठमाडौँ: प्रहरी अपराध महाशाखाको टोलिले सोमबार बेलुका अवैध रुपमा विभिन्न संचार गृहको प्रेस पास बाउने कार्यमा संलग्न रहेको एक पसलमा छापा मारी चार व्यक्तिहरुलाई पक्राउ गरेको छ। महाशाखाका प्रबक्ता एसपी ईश्वर कार्कीका अनुसार प्रहरीको टोलिले बागबजारमा लक्ष्मण न्यौपानेले संचालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रा.लि.ले उक्त नक्कली प्रेस पास बनाउंदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। यस्तो छ घटना विवरण: बिश्वभर फैलिएको कोरोना भाईरस (covid-19) महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारबाट निषेधाज्ञा समेत लागु भएको अवस्थामा काठमांडौ,बागबजारमा लक्ष्मण न्यौपानेले संचालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रा.लि.ले बिभिन्न व्यक्तिहरुको नामबाट नक्कलि प्रेस कार्डहरु,अस्पतालको नक्कलि परिचयपत्रहरु बनाई प्रति कार्डरु ५०० भन्दा बढिमा बिक्रि बितरण…
काठमाडौँ: उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने भएको छ। उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उर्जामन्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेका हुन्। ‘मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ’, ती अधिकारीले मंगलबार भने, ‘प्रस्ताव लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा छलफल गर्ने कुरा भएको हो।’ नेकपाका सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको छ।
काठमाडौं: मंगलबार अर्थात आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । ‘सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने…
