Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: देशभरका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण प्रक्रिया सुरु गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी वित्तीय सुनिश्चिता सहित गुणस्तरीय रुपमा तोकिएको समयभित्र त्यस्ता पुलहरुको कार्ययोजना सहित शीघ्र निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले निर्माण सम्पन्न भएको काठमाडौंको टेकसस्थीत विष्णुमति नदीको पुलमा प्राविधिक पक्ष एवं गुणस्तरमा कमजोरी भएको ठहर पनि गरेको छ । त्यसैगरी काठमाडौंको तीनकुनेस्थीत बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको बागमती पुल, रौतहतको टिकुलिया र…

Read More

काठमाडौं: नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको छ । ऋणीले २०७६ चैत, २०७७ बैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्था गरिएपछि ठूलो संख्यामा साना उद्योगीहरु लाभान्वित हुने भन्दै महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा विशेष पुनर्कर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र ३ प्रतिशत व्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनर्कर्जा प्रदान गरिएको र यस्ता पुनर्कर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र…

Read More

काठमाडौं: नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६९५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या…

Read More

काठमाडौं: कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए। पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई नाति-नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए। अहिले संक्रमित सबैलाई घरमै राखिएको छ। ‘सबैजना संक्रमित भएपछि घर नै उहाँहरूको लागि आइसोलेसन भयो। त्यसैले हामीले चिकित्सकको निगरानीमा उहाँहरूलाई घरमै राखेका छौं,’ उनले भने। गत शुक्रबार कोरोना संक्रमित वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्यको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा सबैमा संक्रमण…

Read More

काठमाडौं:  भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी वतन भई का.जि. का.म.पा.-२२ खिचाँपोखरी बस्ने राई स्कुल जोरपाटीमा कक्षा-७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्ता मिति २०६४/०६/२४ गते बेलुका १७:०० बजेको समयमा घरबाट बाहिर निस्केकोमा ऐ। २०:३० बजेको समयमा अपरिचित व्यक्तिले टेलिफोन गरी निजको बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू।२,५०,००० (दुई लाख पचास हजार) फिरौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएको तर फिरौती रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतलासका क्रममा मिति २०६४०६२७ गते बेलुका २०:१५ बजेको समयमा का।जि।का।म।न।पा।-३२, कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा पलास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास…

Read More

काठमाडौँ:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गर्नुभयो । एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उहाँको भनाइ थियो । त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उहाँको प्रतिबद्धता थियो । उहाँले भन्नुभयो, “मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ ।” मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ । कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री…

Read More

काठमाडौं: सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु साेमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले साेमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे । सार्वजनिक यातायात केन्द्रीय…

Read More

काठमाडौं: साउनको पहिलो सोमबार (भोलि ५ गते) दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ। सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर खुल्दैन। ‘सरकारले नै मन्दिरलगायत नखोल्ने भनेको छ। साउन ७ सम्म त लकडाउन नै छ,’ उनले भने, ‘नित्य पूजा त भइरहेको छ। भक्तजनका लागि सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म खुल्दैन।’ कोरोनाभाइरस संक्रमण नघटेका बेला भक्तजनका लागि मन्दिर खोल्नु उपर्युक्त नहुने पनि उनले बताए। ‘भट्ट, भण्डारीलगायत पूजारीहरूले पनि सामाजिक…

Read More

काठमाडौं: समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसविरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् । उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन्। सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा…

Read More