Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस (रिफर) नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताउनुभयो । उहाँले हालसम्म कूल ६१० को नमूना परीक्षण भएकोमा दुईको कोभिड–१९ पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र हाल एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत भइरहेको जनाउनुभयो । हाल सो अस्पतालमा १६ जना सङ्क्रमित भएको आशङ्कामा रहेकोमध्ये पाँच जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन्…
लुम्बिनी: भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो । यसैगरि फलफूल, तरकारी र आलुप्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ । सूचना अधिकारी लम्सालले भन्नुभयो, “ एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन । सबै भन्सार हुन्छ ।” कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक…
काँकडभिट्टा : भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । आज मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की बजारमा सयको सङ्ख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले जानकारी गराएको बताए । नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएको प्रनाउ पोखरेलले बताए । हिजो सोमबार काँकडभिट्टामा यसैगरी भारतबाट आइपुगेका ७३१ जनालाई नेपाल प्रवेशको अनुमति दिइएको थियो । नेपालबाट भारत जान सीमामा जम्मा भएका दुई हजार २३६ जना भारतीय नागरिकलाई समेत सोमबार जान अनुमति दिइएको थियो ।
भरतपुरः चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा आज मंगलबार मृत्यु भएका बिरामी लुपस नामक रोगले ग्रसित भएको पाइएको छ । चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज–३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा आज मंगलबार बिहान मृत्यु भएको हो । भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए । अस्पतालले उनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंका गर्दै स्वाव ९नमूना० संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला…
काठमाडौं : कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् । होटल एसोशिएशन अफ नेपाल ९हान०ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । ‘‘होटललाई बन्द गर्न मिल्दैन’’, उपाध्यक्ष शाहले भने ‘‘निश्चित कर्मचारी राखेर अन्यलाई सञ्चित बिदामा पठाउने सहमति भएको छ ।’’ आइतबार हानका अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा सङ्घको केन्द्रीय कार्यालयमा केन्द्रीय तीनवटै…
काठमाडौँ : नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ । हिजो सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले आज मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो । विगत…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ । लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै…
काठमाडौं : अमेरिकामा ४ नेपालीलाई कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। तीमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन्। अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए०—अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर छ। ज्याक्सन हाइट ९न्युयोर्क० बसोबास गर्ने उनीहरु तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्। ‘ज्याक्सन हाइटका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो। ती सबै पुरुष हुन्। तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ’, बानियाँले भने, ‘न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ।’ उनका अनुसार उपचाररत ४७ वर्षीय…
काठमाडौं: चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दानी ४० वर्षीय वीरगन्जका बिरामी रहेको भरतपुरमा केहीदिन अघि मात्रै निर्माण गरिएको कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए । उनले ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको बताए । ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि मंगलबार मात्रै काठमाडौँ ठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ’, उनले भने । रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं । जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल…
चौतारा: सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा सुनिलकुमार लामाले बताउनु भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ । आयोजनाको कूल सात हजार ११८ मिटर सुरुङमध्ये हालसम्म ६ हजार ६१८ मिटर सकिएको छ । अब बाँकी…
