Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भेषराज बस्नेत राँझा, ११ जेठ (रासस)ः कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीे निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख…

Read More

काठमाडौँ, ११ जेठ (रासस): देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ…

Read More

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको…

Read More

यस अनलाइन पत्रिका (पहिलोक्लिक डटकम) मा आज मिति २०७८/०२/११ गते बिहान ८:३१ बजे प्रकाशित समाचार शिर्षक ” प्रम ओली र प्रधानन्यायाधीशबीच सोमबार राती अर्थपूर्ण भेट ” भन्ने समाचार प्रकाशित भएकोमा हामी अवगत नै छौं। उल्लेखित समाचार हामीले सधै जसो हरेक बिहान प्रकाशित गरिने ‘पत्रपत्रिकाबाट तथा अन्य अनलाइनमा प्रकाशित समाचारहरुलाई आधार र साभार गर्दै प्रकाशित गर्ने गरेका छौं। सोही कार्य अन्तर्गत मंगलबार जेठ ११ गते बिहान उक्त शिर्षकसहितको सामाचार प्रकाशित हुन गएको सम्बन्धित निकाय (सम्मानित सर्वोच्च अदालत) लाई अवगत गराउन चाहन्छौं। उक्त समाचारलाई लिएर हाम्रो अनलाइनकोसमेत नाम त्यस सम्मानित सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस बिज्ञप्तिसहित ध्यानाकर्षण जारी भएको हामीलाई…

Read More

नेपाली फुटबल टोली आज इराक जाँदै काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज इराकतर्फ प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपाली टोली इराक प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक जाने भएको हो । नेपालले यही जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । इराक प्रथान गर्नुअघि नेपाली टोलीको कोरोना परीक्षण पनि गरिएको छ । जसमा सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एन्फाले सोमबार नेपाली टोलीका २३ खेलाडी र १२ पदाधिकारीको पीसीआर परीक्षण गराएको थियो । नेपाली…

Read More

काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण वाग्मती प्रदेशमा थप ४९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न सात जिल्लामा ४९ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सोमबार बेलुकी ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४ जनाको मृत्यु भएको छ । यहाँ ३३ देखि ९८ वर्षसम्मका पुरुष र ३९ देखि ७६ वर्षसम्मका महिलाले ज्यान गुमाएका हुन् । यस्तै, कोरोनाका कारण यो अवधिमा ललितपुरमा आठ र भक्तपुरमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

Read More

काठमाडौँ: गृह मन्त्रालयले कोभिड संकट व्यवस्थापनसम्बन्धी केही दिनअघि जारी भएको अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) तथा प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि त्यसको बोधार्थ दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गर्न स्पष्ट रूपमा निर्देशन दिइएको बताए । अध्यादेशमा उल्लिखित कैद र जरिवानाका प्रावधानलाई कडाइका साथ लागू गरिने भन्दै काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले सोमबार नै सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रशासनले मंगलबार संयुक्त बैठक बसेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले बताए । उपत्यकामा वैशाख १६…

Read More

गलेश्वर, ११ जेठ (रासस) : कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन्…

Read More

काठमाडौँ, ११ जेठ (रासस) : ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ । चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको…

Read More

जलेश्वर, ११ जेठ (रासस) : कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ । कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार २४० ले कोरोना जितेका छन् । यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा…

Read More