Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: क्रिस्टियानो रोनाल्डोले कीर्तिमान राखेको खेलमा सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ । घरेलु मैदान भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो । यभेन्ट्सका लागि ६२औँ मिनेटमा अल्भारो मोराटा, ७१औँ मिनेटमा फेडेरिको चिएसा र ८९औँ मिनेटमा रोनाल्डोले गोल गरे । पछिल्लो गोलसँगै रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । जितपछि तेस्रो स्थानको युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी सात अंकमा झारेको छ ।
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडादर बढाएका छन्। १२ दिनअघि निगमले इन्धनमा मूल्यवृद्धि गरेसँगै अधिकतम ९० रुपैयाँ सरचार्ज निर्धारण गरिएकोमा बुधबारदेखि सरचार्ज ९७ रुपैयाँ कायम हुने वायुसेवा कम्पनीले जनाएका छन्। सरचार्ज १० रुपैयाँभन्दा बढीले वृद्धि भएको अवस्थामा यो समयमा व्यवसाय गर्न कठिन भएको एक व्यवसायीले बताए। ‘१० रुपैयाँसम्म वृद्धि हुँदा खासै प्रभाव नपर्ला। अहिले त हामीले व्यवसायलाई पिक अप दिनका लागि सस्तो भाडादर निर्धारण गर्दै सेवा दिँदै आएका छौं। तर १० रुपैयाँबाट उँभो लागेको अवस्थामा सेवा प्रदायक र सेवाग्र ही दुवै मर्कामा पर्ने देखिएको छ,’ उनले भने।
काठमाडौं: बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धिगर्न माग गेको हो । ब्यवसायीसँगको भेटपछि सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्शगरी सिघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराइले…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो । निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ । ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको…
काठमाडौं; पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म नेपालमा २ लाख ७४ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान नगएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टा भित्र थप ७२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालभर २ लाख ७० हजार ५ सय ४३ जनाले संक्रमण जितेका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय…
काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटालाई पितृशोक परेको छ । बाँस्कोटाका पिता हरिप्रसादको मंगलवार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो । हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको आर्थिक प्रलोभन आएको दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफुलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्नका लागि सो प्रलोभन आएको बताए । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले यस्तो ‘खुलासा’ गरेका हुन् । गत माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो । मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र बनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर…
काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेपालको व्यवसायीक क्षेत्रमा आफू सबैभन्दा धेरै आक्रमणको सिकार भएको गुनासो गरेका छन् । आफूलाई ‘माफिया’ देखि ‘डन’ सम्मको उपमा दिएर खेद्ने काम भएको उनले बताए । झापामा आफैंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईले यस्तो बताएका हुन् । नेपाली राजनीतिका दुई शीर्ष नेतालाई मार्सी चामलको भात खुवाएको प्रसंगमा निकाल्दै प्रसाईले यसलाई विवादको विषय बनाइएकोमा असन्तुष्टि पोखे । मार्सी भात खुवाउँदाको प्रसंग उनले यसरी निकालेः २०७४ साल फागुन ३ गते मैले एउटा सानो प्रयत्न गरेको थिएँ । दुई तिहाइभन्दा बढी वामपन्थी जनमत भएको देशमा छरिएर रहेका वामपन्थीहरूको एकता भए त्यसले देशलाई…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने चुनावमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने दावी गरेका छन् । साथै, अहिले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको पनि उनले बताए । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र मुद्दा हाल्न नजाने बताए । ओलीले भने, ‘अदालतले संसद ब्यूँतायो त के भयो रु ठिकै छ । प्रमको हिसाबमा मेरो काम अदालतको फैसला कार्यान्वयन गर्ने हो । २३ गते अधिवेसन बस्छ । राम्ररी चलाउने प्रयास हुन्छ । सकारात्मक भूमिका खेल्छु ।’ ओलीले भने, ‘म मुद्दा हाल्न गएको पनि छैन । म…
काठमाडौँ: सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ । विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लव माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।
