Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: औषधी व्यवस्था विभागले न्युन गुणस्तरका औषधी उत्पादन गरेको भन्दै ८ ब्रान्डका औषधी बिक्री वितरणमा रोक लगाएको छ । सात औषधि उत्पादक कम्पनीहरूले न्युन गुणस्तरका गरेकाले बिक्री वितरणमा रोक विभागले जनाएको छ । प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन औषधी वितरणमा रोक लगाएको छ । यस्तै, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको लेपिलेज १०, म्याग्नुस फर्मा बाराले उत्पादन गरेको आइरोगोनल–२००, एमटेक मेडले काठमाडौंले उत्पादन गरेको आइनक्स र भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन औषधी, बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान–२०० को बिक्रीमा पनि रोक लगाइएको विभागले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ। उनको सचिवालय स्रोतका अनुसार बिहीबार राति वीर अस्पताल लगिएका उनलाई आज (शाुक्रबार) बिहान नर्भिक अस्पताल रेफर गरिएको छ। बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक लगिएको हो। कांग्रेस नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छने। अहिले उनको आकस्मिक शल्यक्रियको तयारी भइरहेको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिगमनविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध एकोहोरो ‘आक्रमण’ (शाब्दिक) गरिरहेका छन्। हिजो (बिहीबार) मात्र उनीहरूविरुद्ध ओली शैलीकै उखानमा व्यंग्य गरेका थापाले आज (शुक्रबार) बिहानै फेरि गीतको भाकामा प्रहार गरेका हुन्।

Read More

काठमाडौँ: काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो। बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। पशु सेवा विभागका प्रवक्ता ढकालले आज (शुक्रबार) बिहान भने, ‘अहिले हामी (केन्द्रीय बर्डफ्लु समन्वय समितिको) बैठक बसिरहेका छौं। केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं।’ तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो। अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो।

Read More

काठमाडौँ: महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुँदैछ। उक्त आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाउने भएका छन्। सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण ‘हात्तिको मुखमा जिरा’ भन्ने उखान जस्तै हुने भएको हो । लघुवित्तको आईपीओमा आवेदन गरेका ३७ हजार ५०० जनाले मात्र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार हात पार्नेछन् । लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गरेकोमा फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड हुन लागेको हो । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार लघुवित्तको आईपीओमा उच्च आवेदन परेका कारण साढे २ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट…

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। हाल प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र…

Read More

काठमाडौं: लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्नुका साथै उद्यमशीलता विकाश गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारका तर्फबाट सहयोग रहने प्रतिवद्घता जनाउँदै भन्नुभयो – ‘एप र सञ्जालहरुको भीडमा यो त्यत्तिकै नहराओस् । उत्पादन, बजार, उद्यमीहरूलाई जोड्न सकोस् । प्रयोगकर्ताहरुलाई सजिलो होस् ।’ वेवसाइट तथा एप दुबै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय दिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले दिएको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ गरिरहेको थियो। उक्त रिटमाथि बहस सकिएपछि इजलासबाट फागुन २० गते निर्णय सुनाउने दिन तोकेको सर्वोच्च अदातलका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। आयोगले कट्टेलको पार्टीसँग नाम मिले पनि कोष्टकभित्र नेकपा लेख्ने गरी नयाँ दललाई मान्यता दिएको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । बिहीबार साँझ बुढानिलकण्ठ पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेको जनाइएको छ ।

Read More