Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् । प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् । उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याएका छन् । पार्टी निर्णअनुसार कांग्रेसको ध्यान प्रदर्शनमा रहेको देउवाले बताएका छन् ।

Read More

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद् हेरफेरपछिको बैठकले यस्तो निर्णय गरेको हो। असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर दुई वटा पार्टी बने लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तय भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ। नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ। पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना…

Read More

एजेन्सी: फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो । कोरोना भाइरस (कोभिड-१९)को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ। बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बीबीसीले जनाएको छ…

Read More

काठमाडौँ: मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु…

Read More

काठमाडौं: ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार सहुलियतपूर्ण कर्जा र सहज बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ। बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने जनाएको छ। सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशी मुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ। कार्यक्रममा बोल्दै नेपाल उद्योग…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने घोषणा गरेका छन् । नक्साल तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुक्रबार शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन्। सो अवसरमा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिए । उनले भने, “नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक सुरुआत हो । अब यसलाई देशभर अभियानको रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।” समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने…

Read More

काठमाडौँ: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सहमति गरेर प्रधानमन्त्री केपी शमा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । आफूले बिहान प्रतिनिधिसभा विघटनको कदम प्रधानमन्त्रीले चाल्ने सुइको पाएर भेट्न गएको भन्दै प्रचण्डले अन्य विकल्प अपनाउँ भन्दा हुन्छ भन्दै प्रधानमन्त्रीले अर्कै कदम चालेको बताए । बबरमहलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले चाल्ने कमदको विषयमा थोरैमात्र सुनेपछि म बालुवाटार गएँ । त्यहाँ यस्तो कदम नचालौँ अरु विकल्प छ भन्दा उहाँले हुन्छ भन्नुभयो । उहाँसँगको कुराकानीमा सकारात्मक भएर हिँडेको लगत्तै मन्त्रिपरिषद बोलाएर विघटनको प्रस्ताव तयार पार्नुभएछ ।’ लगत्तै मन्त्रिपरिषद बसेको कुरा सुनेपछि आफूले सुवास नेम्वाङसँग कुरा गर्दा प्रधानमन्त्री संवैधानिक परिषदसम्बन्धी जारी…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले राज्यमन्त्रीसहित ९ मन्त्री थपेका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् । रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई सहरी विकासमन्त्री, ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ । लामालाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन मन्त्रालय, चौधरीलाई श्रम, विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ…

Read More

काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारमा ब्रोकर कम्पनीले लगानीकर्ताहरुसँग लिँदै आएको कमिशन घटाएको छ । बोर्डले समग्रमा हालसम्म ब्रोकरले लिँदै आएको कमिशन दर ३३ प्रतिशतले कम बनाएको हो । हालसम्म सेयर किनबेच गर्दा लगानीकर्ता ब्रोकरले लगानीकर्ताहरुबाट ०.४० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिशन लिँदै आएको थिए । अब अधिकतम कमिशत यसमा ३३ प्रतिशतले घटेर ०.२६८ देखि ०.४०२ प्रतिशतमा झरेको छ । नयाँ व्यवस्थापछि अब न्यूनतम ०.२७ प्रतिशतदेखि बढीमा ०.४० प्रतिशतसम्म कमिशन लाग्ने व्यवस्था धितोपत्र बोर्डले लागु गरेको छ । अर्थात् ५० हजार रुपैयाँको सेयर किनबेच गर्दा पहिले ३०० रुपैयाँ कमिशन लाग्थ्यो भने अब २०० रुपैयाँ पर्नेछ । यस्तै, ५०…

Read More