Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा मात्रै १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरेको ५८औँ वार्षिक प्रतिवेदन बुझाएका हुन्। उक्त प्रतिवेदनअनुसार अहिलेसम्म बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको हाे। आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु थियो। पछिल्लो समय १ दशमलव ८१ प्रतिशले बढेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘बेरुजुलाई असुल गर्नुपर्ने रकम, अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको, शोधभर्ना नलिएको र पेस्की बाँकीमा वर्गीकरण गरिएको छ।’ पेस्कीअन्तर्गत कर्मचारी पेस्की, मोबिलाइजेसन पेस्की, प्रतीतपत्र पेस्की…

Read More

काठमाडौँ: निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई दल दर्ता निवेदनमा सनाखत गर्न बुधबार बोलाएको छ। नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नामको दल दर्ताको निवेदन दिएको छ। यस्तै ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताको निवेदन आयोगमा दिएका छन्। नेपाल पक्षको नेकपा एकीकृत समाजवादीमा ९५ जना केन्द्रीय सदस्य छन्। यस्तै ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। दल दर्ताका लागि निवेदनमा नाम भएका सदस्यहरुको सनाखतका लागि बुधबार विहान ११ बजे आयोगले बोलाएको हो। ‘हाम्रो दललाई सनाखतको लागि बुधबार बिहान ११ बजे आयोगमा बोलाइएको छ,’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी…

Read More

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य हुँदैन । कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम होइन राष्ट्रिय कार्यक्रम हो । त्यसको लागि लगानी गर्नु बैंकहरुको पनि राष्ट्रिय…

Read More

काठमाडौँ: निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पु¥याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो । नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन्तरक्र्रियामा समृद्ध मुलुक निर्माणका लागि निर्यातलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको हो । कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि पत्रकार सम्मेलन गर्दै महासङ्घले कुन देशमा…

Read More

काठमाडौँ: काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै शनिबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र लुम्बिनी…

Read More

काठमाडौँ: औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका छन् । माधव नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई साथ नदिएका तर ओली पक्षमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले तेस्रो धार जन्माएका हुन् । तेस्रो धारका नेताहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् । यही…

Read More

काठमाडौँ: जापान सरकारले अनुदानमा दिएको थप आठ लाख डोज अष्ट्राजेनेका खोप शनिबार र सोमबार काठमाडौं आइपुग्ने भएको छ। काठमाडौंस्थित जापानी राजदूतावासले दिएको जानकारीका अनुसार जापानबाट कुल १६ लाख १४ हजार ७४० डोज खोप नेपाल आउन लागेको हो। त्योमध्ये आठ लाख डोज साउन २३ र २४ गते नेपाल आइपुगेको थियो। राजदूत किकुता युताकाले यो खोप अनुदान नेपाल-जापान मित्रताको प्रतीक भएको बताएका छन्। यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेका जेष्ठ नागरिकहरूलाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौँ:सरकारले पूर्णता पाउन अझै कम्तिमा दुई साता लाग्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विस्तार हुन नसक्दा गठबन्धनमाथि प्रश्न उठिरहेका बेला सरकार विस्तार अझ दुई साता पछाडि धकेलिएको हो । असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले चाहेर पनि चाँडै आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन नसक्ने भएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको पछिल्लो छलफलमा समेत कम्तिमा दुई साता मन्त्रिमण्डल विस्तार नगर्ने समझदारी भएको छ । बिहीबार बिहानै बालुवाटारमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच सरकार विस्तारबारे छलफल भएको थियो ।…

Read More

काठमाडौँ: सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् । वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल वाग्मती प्रदेश प्रमुखमा विष्णु प्रसाईं रहेका छन् । उनलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो । शर्मा प्रस्तावित नेकपा (एमाले-समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । उनले लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए। बुधबार मात्रै वाग्मती प्रदेशको…

Read More