Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य सहभागी छन् । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने बुझिएको छ । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ । शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ । सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता समेत भएको थियो…

Read More

काठमाडौं: आफ्नो सुझावअनुसार राष्ट्र बैकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको स्वागत गरेको छ । मौद्रिक नीति बारे धारणा सार्वजनिक गर्दै उद्योग वाणिज्य महासंघले लकडाउपछि केन्द्रीय बैकले सार्वजनिक गरेको मौद्रिक नीतिको स्वागत गरेको हो । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र व्याज रकमलाई क्रमशः २०७७ पुस मसान्त, २०७७ चैत मसान्त, २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था स्वागतयोग्य छ ।’ महासंघले पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानी गर्न आवश्यकता अनुसार थप समय प्रदान…

Read More

काठमाडौँ: विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले भन्नुभयो, “अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ, विकल्प नै नभएको अवस्थामा प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दा पनि…

Read More

सप्तरी: असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए । सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली,…

Read More

काठमाडौं : मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेको छ । ती जिल्लामा थप वर्षा हुने सम्भावना…

Read More

काठमाडौं:  कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार…

Read More

काठमाडौं : सत्तारुढ नेकपा पार्टीभित्र जारी विवादको गोलचक्कर फेरि सचिवालयतिरै फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच बिहीबार सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवादलाई केन्द्रीय कमिटीमा लगेर छलफल गर्ने सहमति भएको थियो। चौबिस घन्टा नबित्दै सो सहमति थन्क्याएर फेरि पार्टी सचिवालय बैठक बोलाउनेमा नेताहरू पुगेका छन्। आज प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि  आज (शनिबार)  दिउँसो तीन बजे सचिवालय बैठक गर्ने निर्णयमा उनीहरू पुगेका हुन्। दुई नेताले शुक्रबार ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक पनि साउन ४ गतेका लागि सारेका छन्। सुरूमा उक्त बैठक शुक्रबारै तीन बजेका…

Read More

एजेन्सी: पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो । उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो ।…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण नफैलिएको बताएका हुन् । डा गौतमका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था हेर्न स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न स्थानमा ४ हजार ८ सय जनाको नमुना परीक्षण गरेको जनाएको छ । उक्त परीक्षणको नतिजाले काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको देखिएको प्रवक्ता गौतमले बताए । ‘काठमाडौं उपत्यका भित्र गरिएको समुदायस्तरको भीडभाड हुने विभिन्न स्थानहरुमा परीक्षणका क्रममा ४ हजार ८ सय जनाको नमुना संकलन गरिएकोमा आजको नतिजाहरुले काठमाडौंमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन…

Read More

काठमाडौं: नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०७७७८ को मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई सम्बोधन नगरेको बताएको छ। नाडाले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पूर्नविचार गर्न आग्रह गरेको छ। ‘नेपाल राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ। त्यसैगरी, हालसम्म पनि कायम रहेको र हायर पर्चेज लोन को सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र…

Read More