Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो । मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले…
काठमाडौँ: नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन। प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरे । उनले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि आग्रह गरे । बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा उनले जोड दिए । अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर…
काठमाडौँ: काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरहकै तलब दिन निर्देशन दिएका छन् । निजी विद्यालयमा पढाउने शिक्षकले कम तलब पाएको गुनासो आएको भन्दै बालेनले सरकारी सुविधा सरह नै तलब दिन निर्देशन दिएका हुन् । मेयर शाहले निजी विद्यालयका शिक्षकले सरकारले तोकेबमोजिम तलब नपाए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । उनले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकले पनि त्यहीअनुसार तलब पाउनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा…
काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहररूको संस्था, नेपाल इप्पानले विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतसँग जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष गर्न माग गरेको छ । इप्पानको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन विभागले आयोजना गरेको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीका कारण गम्भीर क्षति भएका सञ्चालनमा रहेका आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष गरिदिन आग्रह गरेका हुन् । त्यस्तै उनले ३ वर्षदेखि विद्युत खरिद विक्री सम्झौता (पीपीए) रोकिँदा करीब १२ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाको पीपीए हुन नसकेकोले तत्काल पीपीए खुलाउने वातावरण बनाउन आग्रह गरेका छन् । इप्पानले क्यू ४० मा डिजाइन गरिएका आयोजनालाई क्यू २५ सम्म डिजाइन गरेर जलस्रोतको अधिकतम…
काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ को बिनियोजन बेधयक (बजेट) संसदमा भएको मतदान मार्फत पारित भएको छ। हुन्छ भन्ने पक्षमा १४७ मत खसेको थियो भने हुन्न भन्ने पक्षमा १०८ मत खसेको थियो। बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले माग गरेपछि मतदान गरिएको हो । बिनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले ध्वनि मतले पारित भएको घोषणा गर्दा एमालेले मतदान हुनुपर्ने माग गरेको हो।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरणपनि सुरु भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो शुद्धिकरण अभियान यत्तिमा नरोकिई निरन्तर अगाडि बढ्ने उल्लेख गरे । उनले भने– ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारवाही सुरु भइसकेको छ । बर्षौदेखिको बिकृतिको यो डङ्गुर सफाई गर्ने यो सुशासनको लडाँईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आशा गरेको छु ।’ उनले पछिल्ला हरेक वर्षदेखि किसानले समयमा मल नपाउने समस्या रहेको बताउँदै यो वर्ष साढे ७८ हजार…
काठमाडौं: ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने बताएको छ । सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतको २०७९ साउनकै अन्तरिम आदेशका कारण तीन जना भने छुटे । विषेश अदालतमा मुद्दा विचाराधीन रहेका बेला आफूहरुलाई सरकारी कागज कीर्तेमा मुद्दा चलाउन लागेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले मुलुकी अपराध संहिता २०७४ मा ‘सार्वजनिक लिखत किर्ते गरेको थाहा भएको मितिले २ वर्ष नाघेपछि उजुर लाग्ने छैन’ भनिएकाले पक्राउ नगर्न अन्तरिम आदेश दिएको…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् । बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८. ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरेका हुन् । ‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं ।’ आगामी आर्थिक वर्षका लागि मल…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बताएको छ । इप्पान कार्यालय कमलादीमा आयोजना गरिएको ‘लोड घटाउन बाध्य पारिएका आयोजनाका प्रवर्द्धकहरूसँग इप्पानको छलफल’मा सहभागी प्रवर्द्धकहरूले आधा क्षमतामा आयोजना चलाएर बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको बताएका छन् । इप्पानका अध्यक्ष गणेश कार्किले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको चेन अफ इफेक्ट धेरै ठाउँमा पर्ने बताए । बिजुली विक्री हुँदैन भनेपछि नयाँ आयोजनालाई पनि बैंकले पैसा नदिने अध्यक्ष कार्कीको चिन्ता छ । प्राधिकरणले टेक अर पे भनेर विद्युत खरिद विक्री सम्झौता…
काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो । यसअघि थुनछेक मुद्दामा सर्वोच्च अदालतले जाहेरीकर्ता गौशाला २६ लाई पीडित राहत कोषबाट तत्काल अन्तरिम उपचार खर्च उपलब्ध गराउन आदेश दिएको थियो । पीडितका तर्फबाट कानून व्यवसायीले पटकपटक निवेदन…