Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले राज्यकोषबाट तलव-सुविधा लिने सार्वजनिक पदाधिकारीको शैक्षिक प्रमाणपत्र र व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ । सरकारले संसदमा दर्ता गरेको ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ मा सार्वजनिक पद धारण गरेका ब्यक्तीको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले प्रथम पृष्ठमा लेखेका छन् । यो बिधेयक सोमबार प्रतिनिधिसभामा दर्ता भएको छ । सार्वजनिक पदमा कार्यरत रहेको जानकारी, पद, कार्यालयको फोन, इमेल, हस्ताक्षर गर्ने व्यक्तिको नाम, कामको विवरण, सेवासर्त मात्रै व्यक्तिगत सूचना नहुने विधेयकमा उल्लेख छ । ‘सार्वजनिक निकायममा रहेको कुनै पनि व्यक्तिको विवरण सार्वजनिक गर्न…
काठमाडौं: नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न सकेको छैन । आजको कारोबारको पृष्ठ ३ मा यो समाचार छापिएको छ । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्ब भन्दा बढी निक्षेप राखेको छ । हरेक बर्ष सेनाले पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए…
काठमाडौं: काठमाडौंमा मंगलबार साँझ अधिकांश ठाउँको मुख्य सडकमा सवारी जामले सर्वसाधारण र काम सकेर घर फर्कने जगिरवालाले निकै सास्ती भोग्नु पर्यो । उपत्यकाको ट्राफिक जाम झन्डै ८ बजेसम्म थियो । सरोकारवाला निकाय ट्राफिक प्रहरीका अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने काम चलेकोले आज दिउसो देखि बेलुकासम्मै जाम भयो । यसअघि राति मात्र खाल्डाखुल्डी पुरिन्थ्यो । तर, भीआईपीहरु आउने दिन नजिकिँदा समेत सडकका खाल्डा पुर्ने काम नसकिएपछि मंगलबार दिउँसो खाल्डाखुल्डी पुर्न थालिएको छ । दिउँसोदेखि नै आवागमन सहज नभए पनि बेलुकाको समयमा भने जाम निकै फैलिएको ट्राफिक प्रहरी…
काठमाडौं : बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोर्टसको नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टसले एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ । एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको ९७ बर्ष पुरानो कम्पनि हो । त्यतिबेला स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको कम्पनीले २०१४ मा आईपुग्दा एमजीले मेन्युफ्याक्चरर च्याम्पीएनसीप समेत जीतेको छ । त्यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय स्तरको शोरुम काठमाडौँको नक्सालमा खोलेको छ । कम्पनीको नेपाल स्थित अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम नक्सालमा मंगलबार एक समारोहका बीच नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले गरेका छन् । पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन ‘एमजी एक…
काठमाडौँ: राष्ट्रिय जागरण परिषद् नेपालले गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा राखिएका केही बुँदाहरु सच्याउन माग गरेको छ । परिषद्का संयोजक साध्यबहादुर भण्डारीको नेतृत्वमा आज गृहमन्त्रालयमा आएको टोलीले आज गृहमन्त्रीलाई विधेयकमा रहेको केही बुँदा राष्ट्रहित अनुकुल नरहेको भन्दै सच्याउन माग गरेको हो । नागरिकता नीति खुकुलो एवम् वितरण मुखी नभई नियन्त्रणारी हुनपर्ने, उच्चस्तरीय न्यायिक अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गरीनुपर्ने लगायतका माग परिषदले राखेको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको भन्दै त्रापनपत्रमा उठाईएका विषयबस्तुबारे अध्ययन गरीने बताए ।
विराटनगर: चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि आज उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरमा आज भएको बहसपश्चात् जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई रु १५ हजार धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो । उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी…
काठमाडौँ: पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय काठमाडौँमा निवेदन दिएका छन् । काठमाडौँमा ५१ हजार २०६ मोही छन् । तीमध्ये ५० हजार ५०० ले मोही जग्गा बीचको विवाद सुल्झाउन निवेदन दर्ता गराएको भूमिसुधार कार्यालय काठमाडौँका भूमिसुधार अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए । दर्ता भएका निवेदनमध्ये तीन हजार ८०० जनाको मोही र जग्गाधनी बीचको विवाद सुल्झाएको बताउँदै उनले बाँकीको निवेदनलाई पनि चाँडै नै सुल्झाउने जानकारी दिए । जग्गा माथिको द्वैध स्वामित्व अन्त्य गर्नका लागि सरकारले गत वर्ष भदौ ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यही भदौ ४ गतेसम्म मोही र जग्गाधनीलाई…
काठमाडौँ : युवा जागरण अभियानले संवैधानिक व्यवस्थाअनुसार तत्काल वित्तीय आयोग गठन गर्न माग गरेको छ । अभियानका अध्यक्ष चिन्तन पौडेलको नेतृत्वमा आज साँझ अर्थमन्त्री डा युवराज खतिवडालाई सिंहदरबारमा भेटेर संविधानले व्याख्या गरेको तीन तहको आर्थिक क्षेत्रलाई व्यवस्थित बनाउन वित्तीय आयोग गठन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले सरकार आर्थिक क्षेत्रलाई व्यवस्थित गर्न वित्तीय आयोग निर्माणको तयारीमा जुटिरहेको बताए । “सरकार कर क्षेत्रलाई व्यवस्थित गरी कर छली नियन्त्रण गर्न लागिरहेको छ,” उनले भने । मन्त्री खतिवडाले भन्सार क्षेत्र र ठूला व्यापारीलाई करको मात्रा बढे पनि साना व्यापारीलाई धेरै कर नलागेको भन्दै बढेको कर फिर्ता नहुने…
काठमाडौँ: इण्डोनेशिया जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।
काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मूल्यवृद्धि आर्थिक वर्ष २०६१÷६२ पछिको सबैभन्दा न्यून हो । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिबेदन अनुसार आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो। वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन…