Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले विस २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता…
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् । मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् । ‘बुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्यो’, बौद्धका पासाङ शेर्पाले भने, ‘ठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ ।’ भौतिक पूर्वाधार तथा यातायात…
काठमाडौँ: सरकारले अव छ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ ।हाल सरकारले कूटनीतिक (रातो) बिशेष (निलो) साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसदमा पेस गरेको राहदानी ऐन संशोधन बिधेयकमा पांच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । बिधेयकमा कूतिनीतिक कर्मचारी या बिशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलै सर्भिस पासपोर्ट दिने व्यवस्था गरेको छ । विदेशस्थित दूतावास तथा नियोगमा पोस्टिंग हुने कर्मचारीले सहयोगी लैजाँदा त्यही देशको नियमानुसार तलव दिनुपर्ने भएकोले त्यसलाई चल्न नयाँ खालको राहदानी दिने व्यवस्था गर्न…
काठमाडौँ :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए । अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उनले बताए । ‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भने, ‘‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् ।’’…
काठमाडौँ: साउदी अरबको रियादस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न कारणले ज्यान गुमाएका २४९ नेपाली नागरिकका हकवालालाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको जनाएको छ । दूतावासद्वारा आज जारी विज्ञप्तिमा मृतकका कानूनी हकदारले प्राप्त गर्न सक्ने गरी ११ करोड ४३ लाख ३७ हजार ८३४ रुपैयाँ ५६ पैसा (४० लाख ११ हजार ८५४.१६ साउदी रियाल) काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पठाइएको उल्लेख छ । कुनै पनि शुल्क नलिइ पीडित परिवारका तर्फबाट घटना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरी पैरवी गर्दै आइरहेको दूतावासले जनाएको छ । गत आवमा सडक÷सवारी दुर्घटनामा ज्यान गुमाउने ४१ व्यक्तिको ब्लडमनीसम्बन्धी मुद्दा अदालती प्रक्रियामार्फत टुंगो लगाइएको थियो । जसमध्ये १८ जनाको…
काठमाडौँ: लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आफ्ना शेयरधनीहरुलाई ३६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनिको आज बसेको ९४औं संचालक समिति बैठकको निर्णय बमोजिम आ.ब. २०७३/०७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी (रु. १,३३,४६,७७,५००) को ३६ प्रतिशत बोनस सेयर र १.८९४७४ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ: छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बैतडी पाटन स्थायी घर भई हाल काठमाडौँको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले आज नियन्त्रणमा लिएको हो । विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए । सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निज राकेश विष्टको खोजताला गरी महाशाखामा ल्याई सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकोले प्रहरीलाई भ्रममा पार्न खोजेकालाई आवश्यक कानूनी कारवाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले विज्ञप्ति मार्फत जनाएको छ ।
काठमाडौँ: बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधन मन्त्री नर्सुल हमिद सहितको टोलिले चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको बताए ।
काठमाडौँ: राजनैतिक परिवर्तन पश्चातको प्रगति गरेको म्यानमारले नेपालसँगको व्यापारीक सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले वरिष्ठ उद्यमीयू. को.को. लाटको नेतृत्वमा आएको म्यानमारको उच्च स्तरिय औद्योगिक व्यापारिक प्रतिनिधि मण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारी, उद्यमी व्यवसायीसँग भेटघाट गरेको छ । भेटका अवसरमा प्रतिनिधि मण्डलका प्रमुख यू. को. को.ले म्यानमारमा धेरै पछिको महत्वपूर्ण राजनैतिक एवं अर्थपूर्ण परिवर्तन पछि सुधारका संकेत देखिन थालेकोले म्यानमार नेपालमा उद्यमी–व्यवसायी सँग द्विपक्षिय व्यापार, लगानी प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा जोड दिन उत्साहित रहेको बताए । नेपाल बुद्धको जन्मस्थल भएको कारणले समेत प्रत्येक साल करिब २५ हजार म्यानमार पर्यटक लुम्बिनीको भ्रमण गर्न आउने हुँदा पर्यटन प्रवद्र्धनको लागि समेत द्विपक्षीय सम्बन्ध…
काठमाडौँ, २४ साउन (रासस) ः नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले आज विज्ञप्तिमार्फत जनाएको हो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दीए । सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी…