Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

महेन्द्रनगर, धनुषा: प्रदेश नं २ सरकारले सप्तरीको मलेठ घटनाबारे छुट्टै छानवीन गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णयअनुसार समितिका सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा सदस्य सचिवमा उपन्यायाधिवक्ता कृष्णप्रसाद बराल छन्। समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानवीन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन दिनेछ । मलेठमा २०७३ फागुन २३ गते पाँच जनालाई सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियो  भने आन्दोलनमा थुप्रै व्यक्ति घाइते भएको थिए । राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा…

Read More

बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। मृतकको नाम भने खुल्न नसकेको जनाइएको छ । घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगाउँदा पूर्णरुपमा जल्नाका साथै भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पु¥याएको छ । प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो । प्रहरीले टिपर, त्यसका चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय…

Read More

काठमाडौँः निकै विवादको घेरामा तानिएका झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षम मागेका छन् । बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूबारे आफूले अर्कै आशयले बोलेको कुरालाई सञ्चारमाध्यमले तोडमोड गरेको आरोप लगाएका छन्। सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा बोल्दै उनले आफूले करिब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरेका छन् । उनले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विवादित बनाइएको भन्दै उक्त भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर गरे । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको…

Read More

काठमाडौँ: ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आजदेखि यहाँ शुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर गरे । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताए । प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका ४२२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल, महिला सिङ्गल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिङ्गल र जुनियर महिला सिङ्गल, पुरुष एक्जुकेटिभ सिङ्गल र डबल्स तथा पुरुष…

Read More

नेपालको शेयर बजार केहि बर्षदेखि निरन्तर ओरालो लागि रहेको अवस्थामा छ, ओरालेको क्रम रोकिएको छैन् र यस आर्थिक बर्ष शुरु भएको अन्तिम तेश्रो दिन पनि ५.३८ अंकले बजार ओरालो लागेको छ, तिन दिनमा १८.९७ अंकले घटेको देखिन्छ । गएको चैत्र महिनामा २, ४ दिन शेयर बजार उकालो लागेको देखिन्छ भने बाँकी अवधि औसत रुपमा घटेको छ । दुई बर्षअघि १,८०० अंक भन्दा माथि उचाईमा गईरहेको बजार आजको दिनसम्म आईपुग्दा १,२०० को हाराहारीमा आईपुगेको छ । सरसर्ती हेर्दा बिगत २ बर्षको अवधिबाट करिब ३४ प्रतिशतले बजार घट्न पुगेको छ । बजार घट्नु भनेको लगानीकर्ता नोक्सानमा पुग्नु हो र आर्थिक क्रियाकलापमा संकुचन…

Read More

काठमाडौँ: ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड रुपैयाँ बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करीब ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख रहेको छ । त्यसैगरी कर्जाको औसत आकार २९ लाख ५५ हजार रुपैयाँ र निक्षेप एक लाख २२ हजार रुपैयाँ रहेको छ । स्थापनाको नवौं वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित…

Read More

काठमाडौँ: करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ । यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठ्न थालेको हो । फोहरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो । काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रुपमा फोहर…

Read More

सोल: उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ । रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ । यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा सञ्चालन गर्ने विषयमा गत महिना पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो । दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाउँ पानुमजोममा अवस्थित ‘पिस हाउस’मा अर्काे हप्ता यस विषयको बैठक बस्ने भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यस बैठकमा दुई कोरियाको…

Read More

महेन्द्रनगर: धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन् । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत…

Read More

लहान: किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको प्रमुख चौलागाईको भनाइ छ । डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी…

Read More