Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निणर्य नभएको जनाउनुभएको हो ।
एजेन्सी:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्। उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए। प्रधानमन्त्री मोदीको एक बाहिरिएको अडियो अनुसार उनले अरु मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँगको कुराकानीले तत्कालै लकडाउन हटाउन नसकिने अवस्था रहेको बताएका छन्। उनले यसका लागि मुख्यमन्त्रीहरूसँग पुन कुरा गर्ने बताएका छन्। ‘यतिबेला लकडाउन खोल्न कुनै पनि हिसाबमा सम्भव छैन। तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छ’, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ। समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ।’
एजेन्सी: कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत आएका वृद्ध हुन्। मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको निधन भएको छ। नेपालमा पर्वत पैंयू घर भएका गुरुङ मधुमेहका रोगी थिए। १ साता पहिला अस्पताल भर्ना भएका उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो। यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको हो। ५८ वर्षीय शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो। केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा गाह्रो भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो।…
काठमाडौँ: खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्नसक्ने सम्भावित गोरेटो बाटोलाईसमेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिनुभएको छ । प्रारम्भिक चरणमा दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीका मात्रै दुई हजार २७० जनाको थप फोर्स थपिएको छ । यसअघि तीन हजार सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका थिए । पहिले करिब १६ देखि १७ किलोमिटर दुरीमा रहेको सीमा निगरानी चौकी (बिओपी) रहेकामा थप फोर्स परिचालन गरेसँगै बढीमा हरेक दुई किलोमिटरको दुरीमा चौकी स्थापना भएको सशस्त्र प्रहरी बल…
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराउनुभयो । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ सिसिएमसी स्थापना गरिएको थियो । उहाँले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरुपमा तयार भएको जानकारी दिनुभयो । त्यहाँ अहिले सयभन्दा बढी श्यया र छ वटा सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको छ । यसैगरी उहाँले आठजना…
काठमाडौँ: नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उहाँले बताउनुभयो । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को…
काठमाडौँ: सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो । कोरोनाको सङ्क्रमणका त्रासका कारण उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ । सोही कम्पनीले लकडाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्होसमेत बिक्री गरेको थियो । कूल…
काठमाडौं: लकडाउनमा फसेका विदेशी यात्रुलाई घर फर्काउन आगामी शुक्रबार र शनिबार तीनवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ। तीन उडानमध्ये नेपाल वायुसेवा निगमले दुईवटा चार्टर उडान गर्ने भएको छ भने एउटा उडान बेलायतको टाइटान एयरलाइन्सले गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए। नेपाल वायुसेवा निगमले जापानी नागरिकलाई स्वदेश फर्काउनका लागि अप्रिल १० तारिख अर्थात शुक्रबार चार्टर उडान गर्ने र शनिबार मेडिकल सामाग्री ल्याउनका लागि ग्वान्जाउ उडान गर्ने सहसचिव आचार्यले जानकारी दिए। ‘जापानी राजदुतावासको पहलमा निगमको चार्टर उडानमार्फत शुक्रबार काठमाडौं-नारिता उडानको तालिका रहेको छ। शनिबार निगमको जहाज मेडिकल किट्स ल्याउनका लागि ग्वान्जाउ उडान गर्नेछ।’…
काठमाडौँ: सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको छ। उनका अनुसार मङ्गलबारमात्र एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा जम्मा भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले एक करोड, लाइफ इन्स्योरेन्सले ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले ६ लाख ३५ हजार ४४०, बुडिनन्द नगरपालिकाले दुई लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले दुई लाख, जिल्ला प्रशासन…
बुटवल: कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्। अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए। अहिले कोरोनाको कारण सबैतिर संकट भएकोबेला सेवाबाट पछाडि हट्नेहरूलाई कारबाही प्रक्रिया सुरू गरिएको बताए। अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा.प्रकृति कार्कीलाई सेवाबाट हटाइएको अध्यक्ष भट्टराईले जानकारी दिए।
