Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार ९हिजो० काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । आज सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। उनले शाहको काम चित्तबुझ्दो नभएकाले हटाइएको स्पष्ट पारेका छन । ् मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् । शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ। यसअघि हिजो आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध…

Read More

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि केन्द्र पार्टी तरङ्गित बनेको छ। माथि, केन्द्रका नेताहरूसँग कुनै परामर्श, छलफल नगरी एक्सन लिएपछि नेकपाभित्र साम्य हुन लागेको विवाद पुनः बल्झने खतरा बढेको हो। कर्णाली प्रदेशका १८ जना सांसदहरूले विद्रोह गर्दै मुख्यमन्त्री शाहीविरुद्ध एक्सन लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता, केन्द्रीय सदस्यहरूलाई बोलाएर परामर्श गरेको स्रोतको दाबी छ । खुमलटारमा सोमबार बिहानै कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसहितको गोप्य बैठक बसेको थियो। भेलामा प्रदेश इन्चार्ज जनार्दन शर्मासहित, पूर्वमाओवादी समूहका वर्षमान पुनसहित अधिकांश माथिल्लो तहका नेताहरू सहभागी थिए। वरिष्ठ…

Read More

काठमाडौं । यूएईमा इन्डियन प्रिमियर लिग (आईपीएल) जारी छ । कोरोना महामारीका कारण भारतमा हुने आईपीएल यूएईमा भएको हो । विश्वभरिका क्रिकेटप्रेमीको नजर रहेको आईपीएलमा विश्वकै दिग्गज खेलाडीको सहभागिता रहन्छ । कोरोनाकै कारण दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको छैन । घरबाटै दर्शकले आईपीएलको मजा लिइरहेका छन् तर यही बीचमा सट्टेबाज समूह भने सक्रिय रहेको पाइएको छ । दुबईमा खेल जारी रहँदा नेपाल र त्यसमा पनि काठमाडौंमा आईपीएलको सट्टेबाजी हुने गरेको छ । सट्टेबाजीमै संलग्‍न आरोपमा महानगरीय प्रहरी वृत्त कालीमाटीले तीन भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । सट्टेबाजी गैरकानुनी धन्दा हो । पक्राउ पर्नेमा भारत घर भई कमलपोखरीस्थित होटल…

Read More

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज सोमबार बिहान कर्णाली मुख्यमन्त्री प्रकरणबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले संसदीय दलमा राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको बताइएको छ । अध्यक्ष प्रचण्डले ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि…

Read More

काठमाडौँ: कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ । दसैं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना बर्सेनि बढ्छन् । त्यस्ता घटना नियन्त्रण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले ‘सुरक्षा योजना’ लागू गरेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले बताए । दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँमा ३ हजार ७…

Read More

काठमाडौँ: त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू त्रिचन्द्र क्याम्पसका विद्यार्थी भएको प्रहरीले जनाएको छ । रुपेशलाई सूर्यबिनायकबाट र रविनलाई सिरहाबाट पक्राउ गरिएको हो । घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख, एसएसपी श्याम ज्ञवालीले बताए । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीन जनाले विश्वविद्यालय परिसरमा निर्घात कुटपिट गरेका थिए । सख्त घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमन तिव्र पारेको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण थप व्यवस्थित गरिएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा चलाइएको जानकारी दिए । तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘र्‍यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमति बिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए । उनका…

Read More

काठमाडौं: माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो । प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ ।

Read More

चितवन: भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

Read More