Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री हेरफेरको तयारी गरेका छन् । मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरू भएको विवाद मन्त्री बर्खास्तीको तहसम्म पुग्न लागेको हो । जानकारी नदिइ संसदीय दलमा उपस्थित नभएको र नैतिकताका आधारमा राजीनामा दिन सुझाउँदा पनि नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय दुई मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउन लागेका हुन् । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्तको तयारी गरेको स्रोतले बताएको छ ।

Read More

शारजहाँ: इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार क्वालिफायर १ का लागि दाबेदार रहेका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर दुवैले पराजय भोगे । मुम्बई इन्डियन्सले दिल्लीलाई र सनराइजर्स हैदराबादले बेंग्लोरलाई ५ विकेटले पराजित गर्‍यो । दिल्ली र बेंग्लोर दुवै एकतर्फी जस्तो खेलमा पराजित रहे । टस हारेपछि ब्याटिङमा आएको विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरले शारजहाँ क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । जेसन होल्डरले १० बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २६ रन बनाएपछि हैदराबादले १४.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । दिल्लीले दुबईमा ९ विकेट गुमाई बनाएको १ सय १० रनको झिनो स्कोरलाई मुम्बईले पनि १४.२ ओभरमै पूरा…

Read More

काठमाडौँ: सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न सुरु गरेको छ। महाशाखाले भाडादर टाँसे/नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ। अभियानको पहिलो दिन शनिबार चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ। सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने…

Read More

काठमाडौँ: कोरोना त्रासको कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु हुँदै छ। यस वर्ष परीक्षाका लागि पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। डेढ घन्टामै हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँन लागेको हो। बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ। २० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने छ। सरकारले परीक्षा…

Read More

काठमाडौँ: नेपाल बैंकको नाफा कोरोना महामारीका कारण गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा ३ करोड रुपैयाँले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण शनिबार सार्वजनिक गरेको छ । गत आवको यहि अवधिमा बैंकले ५८ करोड १८ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कोरोना महामारीका कारण नेपाल राष्ट्र बैंकले कर्जाको वर्गिकरण गरी कर्जाको सावाँ तथा ब्याज तिर्ने समय बढाइ दिएपछि बैंकको कर्जा असुली प्रभावित भई खुद नाफा घट्न पुगेको हो । बैंकको पहिलो तीन महिनामा वितरणयोग्य खुद नाफा…

Read More

काठमाडौँ: बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर-१८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ती वृद्धको शनिवार दिउँसो नेपालगञ्ज…

Read More

काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टु‌ग्याउन माग गरेका छन् । आज बालुवाटारमा भएको छलफलमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर पार्टी भित्रको विवाद समाधान गर्न दबाब दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ । आज दुई अध्यक्षबीच पार्टी सञ्चालनसहितका समसामयिक विषयवस्तु छलफल भएको छ । छलफलका क्रममा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको…

Read More

एजेन्सी: बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजनिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका छन्। लकडाउनमा बार, डिस्को, पव तथा रेष्टुराँ, जिम र अत्यावश्यक नठानिएका सबै पसलहरू बन्द गरिनेछन् । अत्यावश्यक काममा जानैपर्ने वाहेकका व्यक्तिहरूलाई घरमै बस्नुपर्ने छ । यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू नहुने बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखालेंंं जनाएको छ । राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही…

Read More

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजान सफल भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड– १९ का कारण फेरि यतिखेर अर्थतन्त्र समस्यामा छ । उनीमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ । पार्टीभित्र होस् वा मुलुकको अर्थतन्त्र समस्यामा पर्दा समन्वय गरेर परिणाम निकाल्नमा सक्षम अर्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको काम…

Read More