Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गरिंदै काठमाडौँ: सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ। मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औं बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो। राज्यको उपस्थिति जनताले प्रत्यक्ष महसुस हुने र तत्काल नतिजा देखिने गरी सबै तहका सरकारी निकायबाट नागरिकलाई सेवा प्रवाहको उचित प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ । उक्त बैठकमा मुख्यसचिव अर्यालले राज्यको उपस्थिति देखिने गरी बजार अनुगमन तथा यातायात सञ्चालनलाई सहज बनाउने गरी गम्भीरताका…

Read More

काठमाडौं । जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज सोमबार प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन् । जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन् । त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं । तर, बेथितिका विरोधी हौं । हेप्न खोज्नेहरुको विरोधी हौं ।’

Read More

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवनमा ढुंगामुढा गरिरहेका छन् । प्रहरीले प्रदशर्नकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरिरहेका छन् । प्रहरीले कयौँ राउन्ड अश्रुग्याँस प्रहार गर्दा पनि प्रदर्शनकारीहरु पछाडि हटेका छैनन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र…

Read More

काठमाडौँ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

Read More

काठमाडौँ । भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरु बानेश्वरस्थित संसद् भवन भवन प्रवेश गरेका छन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ । शान्तिपूर्ण आन्दोलन हुने भने पनि प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ प्रवेश गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

Read More

काठमाडौँ । माइतीघर मण्डलामा आयोजित जेनजीको प्रदर्शन स्थलमा एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्ने भएका हुन् ।सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेछन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् । काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ । भ्रष्टाचारको विरुद्धमा आज माइतीघरमा हुने प्रदर्शनबारे आइतबार जिल्ला सुरक्षा…

Read More

काठमाडौँ: जेनजी पुस्ताको प्रदर्शन काठमाडौँको माइतीघर क्षेत्रमा सुरु भएको छ। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार तथा बेथितिको विरोधमा जेनजी पुस्ता सोमबार सडकमा उत्रिएको हो। हजाराैँ युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन्। स्कुल, कजेजका ड्रेस लगाएर प्लेकार्डसहित युवा पुस्ता सडकमा आएको हो। जेनजी पुस्ताले आज काठमाडाैँसहित देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्दैछ।

Read More

काठमाडौं: निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ । मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा ऊर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटोछरितो रुपमा आमनागरिकलाई सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्ने बताए। उनले कर्मचारीले आफ्नो हकअधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नबिर्सन समेत आग्रह गरे । ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेङ्गी नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताए। रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने भन्दै यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ। सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गराएको छ। यसप्रति आपत्ति जनाउँदै रास्वपाले शुक्रबार विज्ञप्ति जारी गरेको हो। रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख सुमना श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो। लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया हो; सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन।सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल…

Read More