Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरे । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए । नेपाल कम्युनिष्ट पार्टी -नेकपाका चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण…

Read More

काठमाडौँ : सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए । आधाभन्दा बढी सवारीका लागि ग्यारेजको व्यवस्था हुन सकेको छैन ।…

Read More

काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई) र चीनले कोरोनाभाइरसको भ्याक्सिन निर्माणका लागि मानिसमाथि तेस्रो चरणको क्लिनकल परीक्षण सुरु गरेको चाइना नेसनल बायोटिक ग्रुप (सीएनबीजी) र युएईको राष्ट्रिय मिडियाले जानकारी दिएको छ । महामारीको वैज्ञानिक समाधानका लागि जारी दौडमा यसलाई अर्को महत्त्वपूर्ण विकास मानिएको छ । परीक्षण गर्ने सम्झौतामा युएईको कम्पनी जी४२ र सीएनबीजीसँग आबद्ध चिनियाँ औषधी निर्माता कम्पनी सिनोफार्म समूहले बुधबार हस्ताक्षर गरेका छन् । खोपहरुले आफ्नो प्रभावकारिता र सुरक्षालाई सुनिश्चित गर्न विभिन्न चरणको परीक्षण पार गर्नुपर्ने हुन्छ । यसका लागि लामो समय लाग्ने गर्छ । क्लिनिकल विकासका लागि सामान्यतय तीन चरण लाग्ने अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाइ…

Read More

काठमाडौँ; काठमाडौं महानगरपालिकाले अनधिकृत पार्किङ गरे १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ। महानगरले आर्थिक विधेयक २०७७ मार्फत सीसी अनुसार अनधिकृत पार्किङ गरे ठूलो जरिवाना तोकेको हो। विधेयक अनुसार मोटरसाइकलले अनधिकृत पार्किङ गरेर १ हजार रुपैयाँ तिर्नुपर्नेछ। तीन पाङग्रे सवारी साधनले २ हजार रुपैयाँ, १००० सीसीसम्मका सवारी साधनले २५ सय रुपैयाँ ,१००० देखि १५०० सीसीसम्मले ५ हजार रुपैयाँ,१५०० सीसी र भन्दा माथिका २२०० सम्मका लागि ७००० रुपैयाँ तोकिएको छ। महानगरले २२०० सीसी माथि सबैका लागि १० हजार रुपैयाँ तोकिएको छ।

Read More

काठमाडौं: कोरोना भाइरसका कारण विश्वभर ९५ लाखभन्दा बढी संक्रमित भएका छन् । बिहीवार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसका कारण हालसम्म ४ लाख ८४ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ५१ लाख ७४ हजार ६ सय ८६ निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म ३८ लाख ६६ हजार १ सय ८६ जना कोरोना भाइरसका बिरामी छन् । तीमध्ये ५८ हजार ४ सय १८ जना…

Read More

सप्तरी: बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको छन् । ‘बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो,’ भारतीले भने, ‘यस्तै ललितादेवी…

Read More

काठमाडौं: निजी क्षेत्र कम्पनीमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गर्न पाउने प्रावधान समेटेर विधेयक ल्याउन खोजिएकोमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले गम्भीर आपत्ति जनाएका छन्। महासंघ र परिसंघले बुधबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सो प्रावधानप्रति आपत्ति जनाएका हुन्। दुवै संस्थाले विश्व नै कोरोनाको चपेटामा परेको बेला निजी क्षेत्रलाई नियन्त्रणकारी प्रावधान ल्याउन खोजिएको भन्दै चिन्ता व्यक्त समेत गरेका छन्। सर्वसाधारणमा सेयर जारी भएका (पब्लिक कम्पनी)मा पनि छानबिन गर्न पाउने गरि तयार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभामा पेस भएको छ। विधेयकमा प्रचलित कानुनले स्थापना भएका सर्वसाधारणमा सेयर जारी गरेका पब्लिक कम्पनी पनि…

Read More

काठमाडौँ: आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश भूभागमा मौसम बदली छ भने १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै १, २, बागमती, ५ नम्बर, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ। यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा १, २, बागमती र गण्डकी प्रदेशका एक(दुई…

Read More

काठमाडौँ: कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्याङ्जा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति पोखरामा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको वुधबार राति ११ः३५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्राध्यापक डा. अर्जुन आचार्यले बिहीबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। उनी असार ८ गते उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए। ती पुरुषमा (कोभिड १९) कोरोना भाइरस, गम्भिर निमोनिया, मधुमेह २ देखा परेपछि भेन्टिलेटरमा राखि उपचार गरिएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको…

Read More

काठमाडौं: काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ । घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बाषिर्क बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमा समेत कोभिड-१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल…

Read More