Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बनेपा: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ । पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताउनुभयो । पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र…

Read More

काठमाडौँ: भारतले नेपालसँगको सीमा विवाद टुंग्याउनका लागि सिजर्नात्मक र सकारात्मक प्रयासको आवश्यकता रहेको औंल्याएको छ । छिमेकीसँग यस्ता समस्या व्यवस्थापन गर्न आपसी गाम्भिर्यता र विश्वासको वातावरण जरुरी रहेको भारतले जनाएको हो । यसअघि प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्णयका लागि समय मागेको भन्दै संविधान संशोधनको विषयलाई सरकारले संसद्को कार्यसूचीबाट हटाएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सालाई वैधता दिनका लागि संसद्बाट यो पास हुनुपर्छ । लचिलो हुँदै भारत भारतले चीन जोड्नेगरी लिपुलेक पास हुँदै नेपाली भूमिका ८० किलोमिटर लामो बाटोको उद्घाटन गरेपछि नेपालले आपत्ति जनाएको थियो । तर, यसबारे भारतले कुनै प्रतिक्रिया दिएको थिएन…

Read More

एजेन्सी: बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । उनले, ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा आफुलाई अनौठो लागेको ’ ट्वीटरमा लेखेका छन् । उनले भारत धेरै साना राज्यमा विभाजित रहेको र बेलायतीहरुले ती सबैलाई एकजुट गराएर एकीकृत भारत बनाएको पनि लेखेका छन् । ‘त्यसैले खासमा बेलायतहरुले भारत बनाएका हुन्’ ट्वीटरमा लेखिएको छ । अधिकांश प्रयोगकर्ताहरुले कमाल खानले इमानदार भएर तथ्य लेखेको प्रतिक्रिया दिएका छन् । केही प्रयोगकर्ताले अन्य व्यक्तिहरुले झुठा तथ्य लेखेको भन्दै व्यङ्ग्य समेत गरेका छन् । शरद्…

Read More

काठमाडौँ: युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष विभिन्न संचार माध्यममा कार्यरत छ जना युवा पत्रकारहरुलाई ‘युवा पत्रकारिता पुरस्कार-२०७६’ को विजेता घोषणा गरेको छ । उपाधि पाउने हरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत नेपालमा खोलिएको दीगो विकास लक्ष स्टुडियोका संचालक समितिका सदस्य निरज न्यौपाने, उय्यालो पोस्ट दैनिकका खगेन्द्र अधिकारी, सीआइएन रडियोकी गीता चिमोरिया, अन्नपूर्णपोस्ट दैनिककी गङ्गा खड्का, रेडियो नेपालकी रत्न कुमारी चौधरी, र हिमाल मिडियाकी सुष्मा बराइली रहेका छन् । मन्त्रालयले दुई दिन अघि सो उपाधिका हकदारहरुको नाम सार्वजनिक गरेको हो । उपाधि हात पार्नेले जनही नगद ५०,००० र प्रमाणपत्र प्राप्त गर्नेछन् । कोरोना भाइरस विपत्तिको कारण विजेताहरुको रकम सिधै…

Read More

काठमाडौँ: यसपाली काठमाडौँ-तराई/मधेस द्रुत मार्ग निर्माणका लागि सरकारल आगामी आवका लागि ८ अर्व ९३ करोड विनियोजन गरेको छ । चालु आव २०७६/७६ का लागि भने सरकारले १५ दशमलव १ अर्व विनियोजन गरेको थियो जसमध्य सेनाले उक्त कार्यको लागि खर्च गर्न नसकेर कुल १० अर्व ५२ करोड बजेट फिर्ता (सरेन्डर) गरेको थियो। यस्तै जम्मा ५ अर्वको मात्रै काम गरेको थियो। सेनाले आव २०७६/७७ मा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट कार्य हुन नसक्दा विनियोजित रकम मध्ये जम्मा ५ अर्व मात्रै खर्च गर्न सकेको थियो।

Read More

काठमाडौँ: सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७९ को बजेट विनियोजन गरिसकेको छ। यसको पूर्ण पाठ पढ्नुहोस https://mof.gov.np/uploads/document/file/%E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F_%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD_website.pdf

Read More

काठमाडौँ: सरकारले सरकारी खर्चमा मितव्ययिता अपनाउने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गर्दै खर्चमा मितव्ययिता अपनाउने बताएका हुन्। उनले भने, ‘कार्यालय सञ्चालन, मर्मत, इन्धन, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, सहायता, भइपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा बजेट कटौती गरिएको छ।’ कोराना संकटमा लागिपरेका चिकित्सक र राष्ट्र सेवक कर्मचारी बाहेकलाई सवारी खर्च, अतिरिक्त बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिमलगायतका सबै प्रकार भत्ता २०७७ साउन १ देखि खारेज गरेको अर्थ मन्त्री खतिवडाले बताए। सार्वजनिक संस्थान, विश्वविद्यालय, बोर्ड, प्रतिष्ठान, कोष…

Read More

काठमाडौं: ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि भने ६ अर्ब ६० करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यो चालु आर्थिक वर्षको तुलनामा तीन अर्ब ३० करोड रुपैयाँले कम हो । सरकारले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि…

Read More

काठमाडौं: सरकारले आगामी बर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुने छ। सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने छ। साथै बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ। आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाइने भएको छ।

Read More

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा यो रकम उपलब्ध गराइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यो रकम तल्लो सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा समेत खर्च गर्न सक्छन् । अर्थमन्त्रीका अनुसार आगामी आवमा सशर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय…

Read More