Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी जम्मा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधकारी बैठक डाकेका छन् । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा क्रियाशील सदस्यता विवादको विषय छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । क्रियाशील सदस्यता लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्म दिएको समयावधि बढाएर १७ गतेसम्म पुर्‍याएको कांग्रेसले त्यसअघि नै विवाद मिलाउन देउवाले अग्रसरता लिएका हुन् । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन गरिरहेका बेला सम्भव भएसम्म विवाद मिलाएर महाधिवेशन केन्द्रित अरू कार्यक्रम अघि बढाउने देउवाको तयारी छ । ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा १० लाख क्रियाशील सदस्य बनाउन खोज्दा…

Read More

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अपरान्हतिर संयुक्त बैठक बस्दैछ । त्यही बैठकले निर्णय गर्छ’, प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ । गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय…

Read More

काठमाडौँ: नेकपा एमालेको आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने भएको हो। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ। असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो। यस्तै सर्वाेच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन बदर गरेको, प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी अमान्य भनेको,…

Read More

काठमाडौँ: जारी यूरो कप फुटबलको अन्तिम १६ को पहिलो नकाउट खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ । वेल्स डेनमार्क सामु निरिह जस्तै देखिएको थियो।

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि फेरि थप्ने तयारी गरिएको छ। यसअघि जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदै छ। कोरोना भाइरसको पछिल्लो नयाँ खतरनाक प्रकार डेल्टा प्लस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। ‘त्यसका लागि हामी तीन जिल्लाका सीडीओ भरे वा भोलि बिहानै बैठक बस्दै छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले आइतबार बिहान नेपालखबरसँग भने, ‘अरू एक हप्ता थपिन्छ कि?’ अब सार्वजनिक यातायात पनि खुलाउने हो कि? ‘यो त अहिल्यै भन्न सकिन्न,’ उनले भने, ‘हामी छलफलमै बसेका छैनौं।’ तर थपिने निषेधाज्ञा अझ सहज बनाउने…

Read More

काठमाडौँ: नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो। खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए। इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो। माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए। अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।…

Read More

काठमाडौं: स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन गर्ने तयारी भएपछि प्रसारणलाइन तयार राख्न लागिएको छ। आयोजनाले एक साताभित्र पहिलो युनिटको परीक्षण गर्ने योजनाका साथ काम गरेपछि प्रसारणलाइनको पनि व्यवस्थापन मिलाउन लागिएको हो। नेपाल विद्युत प्राधिकरणले शनिबार सूचना प्रकाशित गर्दै आगामी आइतबारदेखि शनिबार (असार१३ देखि १९ गते)सम्म आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने कार्यक्रम रहेकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइन बन्द रहने उल्लेख गरेको छ। प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ। कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत कटौतीको समय कम…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताए। ‘यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको बताए। कहिले आफै त कहिले महान्यायाधीवक्ता मार्फत ओलीले अदालतलाई धम्क्याएको उनले बताए। यो पटक आफूहरुले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको उनको भनाई छ। ‘यो पटक हामी प्रधानमन्त्री हुन पाए सरकार बनाउन पाए भन्ने कुराबाट प्रेरित छैनौं’, प्रचण्डले भने, ‘देशलाई वर्वाद बनाउन…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्। संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गरेका हुन्। संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाए। उनले…

Read More