Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। पछिल्लो २ कारोबार दिनमा ११८.२३ अंक घटेको नेप्से, यस दिन झिनो अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १.१४ अंक बढेर २९७६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ। यस दिन कारोबार अवधिमा ३०१८ विन्दुसम्म पुगेको थियो। यस दिन बजारमा देखिएको झिनो सुधारलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका गरिएको छ। यस दिन भोल्युमले साथ नदिएका कारण बजारको वृद्धि कमजोर मानिएको उनीहरुको भनाइ छ। यस दिन नेप्से बढेपनि भोल्युम भने घटेको…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिएन । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो ।

Read More

काठमाडौँ: पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच सम्झौता भएको छ । ३६ वर्षीय रोनाल्डोले क्लबसँग २ वर्षको सम्झौता गरेको युनाइटेडले जनाएको छ । उनलाई सम्झौता थप गर्ने विकल्प पनि दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट युनाइटेडले अनुबन्ध गरेको हो ।

Read More

काठमाडौँ: दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ । यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण…

Read More

काठमाडौँ: कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतसमता शैक्षिक गुठीका संचालक उत्तम सञ्जेललाई ५ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय रामशाहपथमा आज आयोजित कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्यायले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा राष्ट्रिय कलाकरद्धय श्रेष्ठ र आचार्यलाई बैंकको तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा सीईओ उपाध्यायले बैंकले वर्तमान अवस्थामा पुर्याएका सेवाका बारेमा उल्लेख गर्दै कलाकरद्धय श्रेष्ठ र आचार्यलाईसम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका उप–महाप्रबन्धकज्यूहरु क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा,…

Read More

काठमाडौँ, १५ भदौ (रासस)ः नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार…

Read More

काठमाडौँ: एक पटक विभाजित भएर मिलेको विवेकशील-साझा पार्टी फेरि फुटतर्फ अघि बढेको छ। देशकै ठूलो दल नेकपा एमाले विभाजित भइनसक्दै वैकल्पिक शक्ति दाबी गर्ने विवेकशील-साझा पनि फुट्न लागेको हो। केही महिनाअघि एकीकरण भएर बनेको यो पार्टीका स‌ंयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ। एमाले र जनता समाजवादी विभाजित भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति बताइरहेको विवेकशील-साझा पनि फुटतर्फ बढेको हो। मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि विवेकशीलमा विवाद बढेको थियो। मिश्रले सार्वजनिक रूपमा प्रस्ताव गरेलगत्तै पाण्डेलगायतले तीव्र असन्तुष्टि जनाउँदै विरोध थालेका थिए। मिश्रको प्रस्तावलाई चुनौती दिने गरी पाण्डेले…

Read More

काठमाडौँ: तीन दिनदेखि चालु रहेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रलेसमेत भातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) विवाद बढेपछी नयाँ नेतृत्व चयन गर्न असफल भएको छ। राजधानीमा जारी वाईसीएलको सम्मेलनमा नयाँ नेतृत्वका लागि तीव्र विवाद भएपछि माओवादीले सोमबार हस्तक्षेप गरेको थियो। सोमबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले वाईसीएलको नेतृत्व छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले स्थायी समिति बैठकमै वाईएसीएलको नयाँ अध्यक्षमा गृहजिल्ला चितवनकै असफल भएको छ । शनिबारदेखि हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन नगरी सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटी मात्रै घोषणा गर्ने तयारी…

Read More

काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको मंगलबार पनि छलफल भएको छ । छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको बुझिएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा रहेपनि अहिलेसम्म काँग्रेस र माओवादीमात्रै सहभागी छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने दलहरूको तयारी छ । सोही योजनाअनुसार आजको…

Read More

काठमाडौँ: मनसुनी वायुको प्रभाव कम हुँदै गएपछि लगातारको झरी कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना छ । महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश एक, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Read More