Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमाले नयाँ पार्टी दर्ता प्रक्रियामा अघि बढेका माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई नयाँ बाटो छाडेर आफ्नै घरमा फर्किन अपिल गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्तामा अघि बढेकाहरुलाई फर्किएर आए सम्मानजक भूमिकासहित पुन:स्थापित गरिने निर्णय लिएको हो। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान गरिनु राम्रो हुने पनि बताएका छन्। ‘पार्टी निर्माण र विस्तारका क्रममा एमालेले कयौँ शक्तिसँग एकता गरेको हो’, ज्ञवालीले भने, ‘एमालेको मूलभूत विशेषता नै एकीकृत भएर अघि बढ्ने हो। पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान खोज्ने काम हुने गरेको छ।…

Read More

काठमाडौँ: पूर्व प्रधानमन्त्री तथा उपेन्द्र यादव पक्षीय संघीय परिषध अध्यक्ष डा बाबुराम भट्टराईले मंगलबार एमालेका दोश्रो पुस्ता भनिएका नेताहरु समक्ष कडा व्यंग्य गरेका छन् । उनले आज आफ्नै सामाजिक संजाल टूइट गर्दै लेखेका छन्, ” हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र? खै चेत?”

Read More

काठमाडौँ: नेपालमा गएको २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १४ हजार ८१० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यो अवधिमा २ हजार ८६ जना डिस्चार्ज भएका छन्। आज ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित मृत्यु हुनेको संख्या १० हजार ५६८ जना पुगेको छ। देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित देखिएका छन्। आज काठमाडौं उपत्यकामा ६८९ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ५१८, ललितपुरमा ११९ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ।

Read More

काठमाडौँ: नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो । बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन । मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका…

Read More

काठमाडौँ: प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको विद्रोहले नेपालमा नयाँ क्रान्तिकारी पार्टी जन्माउने बताएका छन्। दिल्लीस्थित एपोलो अस्पतालको बेडबाटै चन्द्रागिरिमा जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार अडियो सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अब क्रान्तिकारी शैलीमा अघि बढ्नुपर्नेमा पनि जोड दिए। बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि गरिने सनाखतमा दूतावासमार्फत वारेसनामा पठाएका खनालले नयाँ निर्माणका लागि विद्रोह स्वभाविक भएको उल्लेख गरे। अध्यक्ष ओलीको अवसरवादी नेतृत्वका कारण दुई दल मिलेर बनाइएको नेकपाको एकता पनि भताभुंग भएको उनले बताए। दुईतिहाइ नजिकको सरकार पनि नरहेको उनले बताए। साढे तीन वर्ष शासन चलाउने क्रममा…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। पराजुलीका अनुसार यसअघिको राति ८ बजे पछाडी गाडी चलाउन नपाइने व्यवस्था हटाइएको छ। अब राति पनि गाडी चलाउन पाइने उनले बताए। अरु व्यवस्था भने अहिलेकै जस्तो हुनेछ। निषेधाज्ञा बारे निर्णय लिनु पहिले जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकपछि मंगलबार नै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग पनि परामर्श गरेर प्रमुख जिल्ला अधिकारीले निर्णय लिएका हुन्।

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज (मंगलबार) बस्दै छ। यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। तसर्थ निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक राख्न लागेका हुन्। ‘हामी दिउँसो १ बजे बैठकमा बस्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार बिहान भने,‘एक हप्ता थप्छौं होला।’ निषेधाज्ञाको अबको स्वरूप कस्तो होला त भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेको जस्तै मोडालिटीमा जाला।’ जारी स्वरूपअनुसार राति ८ बजेपछि निजी वा सार्वजनिक दुवै खालका सवारीसाधन चलाउन पाइँदैन।

Read More

काठमाडौं । नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ । दल दर्ताका लागि निवेदन दिएको सो समूहले बुधवार निर्वाचन आयोगमा सनाखत गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउनु पर्नेछ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीका कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकस्थलबाट केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । नेपाल पक्षमा एमालेका २६ जना सांसद पुगेको दावी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणापत्र र नियमावली पारित गर्नेछ । साहले नेपाल प्रेससँग भने–५० जना उपस्थित भइसक्नुभएको छ,केही बाटोमा आउँदै हुनुहुन्छ । चारजना विरामी हुनुहुन्छ…

Read More

काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आजैका लागि सरेको छ । १० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै अहिले ११ बजे बोलाइएको बैठक सरेको हो । स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । बैठक सर्नू पछाडी नेकपा एकिकृत समावादीको बैठकको निर्णय र रणनिती हेरेर अघि बढ्न खोजिएको बुझिएको छ ।

Read More