Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: विश्व विजेता फ्रान्स स्विजरल्याण्डसँग पेनाल्टी मार्फत ५-४ गोल अन्तरले पराजित हुँदै स्विजरल्याण्ड पहिलोपटक युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराती भएको खेलको अतिरिक्त समयसम्म भएको खेलमा ३-३ को बराबरी भएपछी खेल पेनाल्टीमार्फत निर्णय गरिएको थियो। यो संगै फ्रान्स युरो कपबाट बाहिरिएको छ।
काठमाडौँ: स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो । खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो । त्यसपछि भने स्पेनले गोल वर्षा गर्यो । पहिलो हाफको ३८ औँ मिनेटमा पाबलो साराबियाले बराबरी गोल…
काठमाडौँ: यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।
काठमाडौँ: राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको बैठकले समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय गरेको छ। साथै राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने भएको छ। असार १४ गते सोमबार राजस्व अनुसन्धान विभागको सभाकक्षमा विभागका महानिर्देशक तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले राजस्व संकलनलाई परिणाममूखि वनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर निकाय समन्वयमा जोड दिने निर्णय समेत गरेको छ । साथै जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने र राजस्व…
काठमाडौँ: साधारण शेयरमा आवेदन गर्नेहरुको संख्या बढ्ने क्रममा जीवन विकास लघुवित्तले नयाँ रेकर्ड कायम गर्ने भएको छ । निष्काशन सुरु भएको तीन कार्य दिनमा नै लघुवित्तको शेयरमा १८ लाख ४० हजार ३७ वटा आवेदन परेको छ । मंगलबार शेयर निष्काशन बन्द हुने लघुवित्तको शेयरमा अझै लाखौंको संख्यामा आवेदन पर्ने देखिन्छ । आइतबार साँझसम्ममा १५ लाख बढीले आवेदन गरेकोमा सोमबार मात्र झण्डै साढे ३ लाख आवेदक थपिएका हुन् । केन्द्रीय निक्षेप प्रणालीका अनुसार उल्लेखित आवेदकले लघुवित्तको २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर माग गरेका छन् । यो तथ्यांक सोमबार साँझ ५ बजेसम्मको हो । लघुवित्तले गत शुक्रबारदेखि…
काठमाडौँ: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्। प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत बाँस्तोला अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि निर्देशक नियुक्त भएका हुन्। डा. बाँस्तोला यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा समेत थिए। उनले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्। उनी कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका छन्। बाँस्तोलाले टेकु अस्पताललाई महामारीको बेलामात्र नभएर अन्य समयमा पनि केन्द्रमा ल्याउने गरी काम गर्ने बताए। ‘अहिलेसम्म टेकु अस्पताल खाली महामारीको बेला मात्र केन्द्रमा पर्ने गरेको छ तर अब अन्य बेलामा पनि केन्द्रमा पर्ने गरी काम गर्छु,’ उनले भने।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए। नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो। प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको केही समयपछि संघीय संसद भवनमा विपक्षी गठबन्धनले वुद्धिजीविसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्रीले बोलेको कुरा रेकर्ड गरेर राख्नुपर्ने बताए। नेता नेपालले राम्रो प्रणाली मात्र भएर नहुने र संस्कार चाहिने बताएका थिए। प्रधानमन्त्री ओलीमा संस्कार नभएको उनको टिप्पणी थियो। ‘उहाँको भाषण रेकर्ड गरेर राख्नुहोला। राम्राराम्रा कुरा बोल्नुभएको…
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा सदस्यलाई दलको अनुशासन उल्लंघन गर्ने अधिकार नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गर्दै महान्यायाधिवक्ता बडालले दलीय व्यवस्थामा अर्को दललाई समर्थन गर्न नमिल्ने जिकिर गरे । ‘एउटा दलबाट निर्वाचित हुने अनि अर्को दलको सांसदलाई प्रधानमन्त्री बनाऊ भनेर अदालत आउने ? यही हो दल भनेको ? हाम्रो संविधानले यही भन्छ ?’ उनले प्रश्न गरे । महान्यायाधिवक्ता बडालले दलभित्र अल्पमतमा रहेको पक्षले आफूले भनेजस्तो भएन भनेर जथाभावी गर्न नपाउने बताए । ‘दलभित्र पराजित हुने अनि दलभित्र मैले शासन गर्न पाउनुपर्छ भन्न मिल्छ ? त्यो त होइन होला । दलको टिकट लिएर…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको शंका ब्यक्त गरेका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए । बरु सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’ संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए । तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले…
काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् । कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा…
