Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी -नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा हिजो मंगलबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसअघि पनि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम क्वारेन्टिनमा बसेका छन्।
काठमाडौं : सिटिजन्स बैंकको मुख्य कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त विभागमा कार्यरत महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने उनीसँगै काम गर्ने कर्मचारीहरुको कोरोना टेष्ट गरिएको छ । उनीहरुको रिपोर्ट भने अझै आइपुगेको छैन । संक्रमितको अवस्था सामान्य रहेको छ । बैंकले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज बुधबार एकदिनका लागि मुख्यालय र थापाथलीस्थित शाखा कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ । यस बैंकहरुमा भाइरस निसंक्रमण गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी बैंकले दिएको छ ।
काठमाडौं : यसैसातादेखि निरन्तर घट्दै आएको सुनको मूल्यमा आज बुधबार भारी गिरावट आएको छ । आज बुधवार सुन प्रति तोलामा ६ हजार २ सयले मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधवार० सुनको मूल्य ९५ हजार ४ सय कायम गरिएको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रुपैयाँ ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ हजार २ सय १० कायम भएको हो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य…
मकवानपुर : बागमती नदी किनारामा एक महिलाको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीया ती महिलाको शव मकवानपुरको बागमती गाउँपालिका–५ स्थित बागमती नदी किनारामा निर्वस्त्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती महिलाको पहिचान हुन सकेको छैन। नदी किनारमा पछाडीको भाग डुबेको अवस्थामा शव फेला परेको हो। उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ। करिव ५ फिट ४ इन्च उचाई भएकी महिला मंगोलियन अनुहार र गहुँगोरो वर्णकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ: ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ ।
रुपन्देही : बुटवलमा संचालित कोरोना विशेष अस्तपालमा उपचारत दुई पुरुषको मृत्यु भएको छ। उनीहरु दुबै कपिलबस्तुका हुन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपलिका १२ का २५ वर्षका युवक र तौलीहवाका ४२ वर्षे पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। मृतकमध्ये एक जनाको कोरोना रिर्पोट पोजेटिभ आएको छ भने अर्का एक व्यक्तिको पिसिआर रिर्पोट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ। कोरोना रिपोर्ट पोजेटिभ आएका ४२ वर्षीय पुरुष साउन २५ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको डा।गौतमले बताए। २५ वर्षीय युवक केही दिनअघि…
काठमाडौं : कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७३ वर्षीय गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ। जनकपुरको मिल्स एरियामा रामा होटेल सञ्चालन गर्दै आएका गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अवस्था बिग्रिदै गएपछि केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो। वि।सं। २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटेल संचालनरव्यवस्थापनमा बढी सक्रिय थिए। उनी जनकपुरमा प्रतिष्ठित होटेल व्यवसायीको रुपमा समेत परिचित थिए।
एजेन्सी: रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ । रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन । ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसँग सम्झौता पनि भैसकेको छ । अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसँग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।” भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने…
काठमाडौँ: रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। नयाँ जीवन बीमा कम्पनीमा आईपीओ जारी गर्ने रिलायन्स पहिलो हुनेछ । इन्स्योरेन्सले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले रिलायन्सको आईपीओमा छिटोमा भदौ ४ गतेदेखी ८ गतेसम्म आवेदन दिन सक्नेछन्। छिटो अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि…
पाल्पा: पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ। जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ। मंगलबार राति दुर्घटना भएको जीपमा १० जना सवार थिए। घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। दुर्घटनापछि जीप चालक फरार भएका छन्।
