Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश ठाउँमा वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाले आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार विहान बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्म/भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै आज…
काठमाडौँ: नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट विअीबार गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझाव दिइएको छ । सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु¥याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ । “चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा…
काठमाडौँ: मन्त्रिपरिषद्ले प्रहरीका नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो । एआईजीमा बढुवा भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउनेछन् । नेकपा एमालेका नेता ईश्वर पोखरेलको दबाबमा विश्वराज पाेखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो । तर, थापाको…
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन्। महामन्त्री कोईरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका हुन्। विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताए। क्रियाशील सदस्य छिटो टुंग्याउनको निम्ति आफूहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए। उनले भने, ‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि। यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा। ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरू आएको छ त्यसलाई पनि हेर्नुपर्यो। तसर्थ…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा सर्वोच्चले सोधको प्रश्नको लिखित जवाफ पेश गरेका छन् । ओलीले लिखित जवाफ दिँदै मन्त्रिपरिषद् विस्तार र गठनलाई संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छाडेको दावी गरेका छन् । ‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजूदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने हुँदैन,’ जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्। कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो। उक्त विस्तारलाई अदालतले अन्तरिम आदेशमार्फत खारेज गर्दै प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको थियो। साथै उनले उक्त जवाफमा प्रतिनिधिसभा विघटन गर्नुको कारण पनि खुलाएका छन्। राष्ट्रपतिले दिएको समयसीमाभित्र बहुमतसहित दावी गर्नुपर्नेमा…
उदयपुर: कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको उनले बताए । मृतक नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
लमजुङ: लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको प्रसारण लाइन अवरुद्ध भएको छ । पहिरोले १३२ केभी को टावर ढालेपछि मर्स्याङ्दी करिडोर को १३२ के भी प्रसारण लाईन पूर्ण रुपमा अवरुद्ध भएको हो । मध्यमर्स्याङ्दी जलविद्युत लगायत निजि क्षेत्रका सगरमाथा तथा खुदी जल विद्युत कम्पनीबाट उत्पादित करिब १२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडबाट विच्छेद भएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रवन्धक माधव पौडेलका अनुसार उक्त टावर ढलेको स्थानमा आपतकालीन अवस्था रहेकोले नयाँ प्रविधिको इमर्जेन्सी टावर खडा गरि विद्युत आपूर्तिलाई सुचारु गर्ने काम सुरु गरिएको छ । विगतमा पनि यस्तै विपतका अवस्थामा रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनको टावर हावा हुरीले ढाल्दा…
काठमाडौँ: केहि समय यता सुस्ताएको शेयरबजारमा यस साताको अन्तिम दिन बिहबिारको कारोबारले सुधारको संकेत देखाएको छ । लगातार घटिरहेको शेयरमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्तामा उत्साह थपिएको छ । पछिल्ला दिनहरुमा शेयर बजार निरन्तर घटिरहेको थियो । बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थाको देखिएका थिए । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ। लगातार चार दिन घट्दा ४२.४७ अंक तल झरेको नेप्से यस दिन २३.७६ अंकले फर्किएको छ । यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब…
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण…
काठमाडौँ: पाँच विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा मूल्यवृद्धिको तत्काल खारेजीसहित सात बुँदे माग अघि सारिएको छ । जसमा नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न, पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करको दायरा घटाइ जनतालाई सहुलियत दरमा उपलब्ध गराउन, खर्च हुन नसकेका अनुचित शीर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने…
