Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दैे सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणका लागि सो रकम विनियोजन गरेको घोषणा गर्नुभयो । तीन वर्षमा सम्पन्न हुने ती भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न पाँच आयोजना संचालन गरिने बताउँदै उहाँले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सदस्य संयोजकत्वमा त्यस निर्वाचन क्षेत्रका संघीय संसद र प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख रहेको समितिले आयोजना छनौट तथा अनुगमन गर्ने छ । यसैगरी सरकारले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास गर्न ‘स्थानीय पूर्वाधार विकास…

Read More

काठमाडौँ: अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको छ । सोसँगै एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउनेछ । डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन सामसुङका नाममा आदेश दिएको हो । स्मरण रहोस् एप्पलले सामसुङ विरुद्ध सन् २०११ मा एक मुद्दा दर्ता गरेको थियो । एप्पलको पेटेन्ट रहेको आइफोनको डिजाइन सामसुङले चोरी गरेको आरोप लगाइएको थियो । सुरुवाती फैसलामा पनि अदालतले सामसुङलाई दोषी ठहर गर्दै १ अर्ब डलर क्षतिपूर्तिको फैसला गरेको थियो । क्षतिपूर्ति रकम निकै बढि रहेको भन्दै सामसुङले…

Read More

काठमाडौँ: सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो । यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो घोषणा गरेका थिए । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवद्र्धनात्मक अभियानका…

Read More

काठमाडौँ: निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा असुल गरिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर सरकारले खारेज गरेको छ । उक्त खारेजीको निर्णयलाई निजी अस्पतालहरुको साझा संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सिच्युेसन नेपाल (अफिन)ले स्वागत गरेको छ। अफिनका अध्यक्ष तथा नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक वसन्त चौधरीले लामो समयदेखि आफूले गरिरहेको मागको बल्ल सम्बोधन भएको भन्दै खुशी प्रकट गरे । उनले भने, ‘अफिनले धेरैअघिदेखि यो माग चर्को रुपमा उठाउँदै आएको थियो । सरकारको यो निर्णयबाट हामी खुशी छौं।’ निजी क्षेत्रबाट अस्पताल सञ्चालन गरिरहेकाहरुलाई यो उत्साहपूर्ण निर्णय रहेको पनि उनले बताए। स्वास्थ्य सेवामा भ्याट १३ प्रतिशत अथवा स्वास्थ्य सेवा कर ५…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुई वर्षपछि बल्ल वृद्धि भएको छ। मंगलबार सार्वजनिक भएको बजेट अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ का लागि कुल बजेट १३ खर्ब १५ अर्ब ५४ करोड प्रस्तुत गरिँदा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको छ। यो बजेट चालू आर्थिक वर्ष २०७४/०७५ भन्दा शून्य दशमलब ४३ प्रतिशत बढी हो। चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ३ दशमलब ८६ प्रतिशत बजेट स्वास्थ्यलाई दिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा स्वास्थ्यले ४ दशमलब शून्य सात प्रतिशत बजेट पाएको थियो। त्योभन्दा अघिल्लो वर्ष भने…

Read More

काठमाडौँ: सरकारले लामो समयदेखि चर्चामा मात्रै रहेको पश्चिम सेती जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । विगत ६ वर्षदेखि चिनियाँ कम्पनी थ्री गर्जेजले लिइरहेको सो आयोजनाले गति नलिएको भन्दै सरकारले आफ्नै लगानीमा निर्माण गर्ने लक्ष्य राखेको हो । केही समय पहिले सरकारले गठन गरेको अध्ययन समितिको प्रतिवेदनका आधारमा सो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्दा उपयुक्त हुने सुझाव दिएको थियो । सोही सुझावका आधारमा सरकारले आज संघीय संसद्मा पेश गरेको बजेट वक्तव्यमा आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने विकल्प अगाडि सारेको हो । कूल ७५० मेगावाट क्षमताको सो आयोजना निर्माण गर्ने जिम्मेवारी लिएको चिनियाँ कमपनीले शर्तमाथि शर्त…

Read More

काठमाडौँ: ‘ए मेरो हजुर ३’ साइन गरेको दोस्रो दिन नै सुपरस्टार अनमोल केसी निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा अनुबन्ध भएका छन् । आइतवार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । अनमोल अहिले आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको फिल्मलाई समय छुट्याउने तालिका छ । अनमोल र मिलनबीच भएको सम्झौताको बखत ‘लिलिबिली’ निर्माता सुदिप खड्का, स्क्रिप्ट राईटर प्रदीप भारद्धाज र अनमोलका पीता भुवन केसी साथमा थिए । प्राप्त जानकारी अनुसार, यो फिल्मको कथा प्रदीपले लेख्दैछन् । सोमवार…

Read More

काठमाडौँ: सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि ४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को आयव्ययको विवरण प्रस्तुत गर्दैे सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणका लागि सो रकम विनियोजन गरेको घोषणा गरे । तीन वर्षमा सम्पन्न हुने ती भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न पाँच आयोजना संचालन गरिने बताउँदै उनले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सदस्य संयोजकत्वमा त्यस निर्वाचन क्षेत्रका संघीय संसद र प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख रहेको समितिले आयोजना छनौट तथा अनुगमन गर्ने छ । यसैगरी सरकारले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास गर्न ‘स्थानीय पूर्वाधार विकास…

Read More

काठमाडौँ: अभिनेता तथा लेखक खगेन्द्र लामिछाने जोडिएका हरेक एक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहन्छ । यस्तै, निर्माण घोषणाको समयदेखि नै फिल्मको कथावस्तुका कारण चर्चामा रहेको उनी अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । यसमा उनले एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । प्रायः पर्दामा दुखी व्यक्तिको भूमिका निर्वाहा गर्दै आइरहेका उनलाई यसमा भने कहिले अभिनेत्री मेनुका प्रधानसँग रोमान्टिक मूडमा त कहिले डण्डीबियो खेलाडीको अवतारमा देख्न सकिन्छ । यस फिल्मको कथा खगेन्द्र आफैंले तयार पारेका हुन् । छेतेन गुरुङको यो पहिलो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता फिल्मको कथा र…

Read More

काठमाडौँ: सरकारले विदेशबाट फर्र्किएका युवालाई १० लाख रुपियाँ सम्म बिना धितो ऋण प्रवाह गर्ने भएको छ । विदेशबाट फर्किएका युुवालाई स्वरोजगार बनाउनका लागि बिना धितो पाँच प्रतिशत ब्याजमा सो ऋण दिने अर्थमन्त्री डा खतिवडाले बताए । यसअघि सरकारले युवा तथा स्वरोजगार कोषमार्फत व्यवसाय गर्नका लागि युवालाई बिना धितो रु दुई लाखसम्म ऋण दिने गरेको थियो । सरकारले ती युवाको सीप प्रमाणीकरण गरी व्यवसाय सञ्चालन गर्नका लागि उक्त रकम दिन थालेको बजेटमा उल्लेख गरिएको छ । सरकारले त्यसरी प्रवाह गरिने कर्जाको अनिवार्य सुरक्षण गराई व्यवसायको बीमासमेत गराउने छ । उक्त रकम युवालाई लघु तथा साना, पर्यटन, कृषि व्यवसाय र रोजगारमूलक सेवामा…

Read More