Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेकपा प्रचण्ड–माधव पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् । जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।
काठमाडौँ: ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आइतबार शिलान्यास गरिएको छ । सो केवलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन। अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए । उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए । उनले भने, “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गरौं ।” अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताए । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको चर्चा गरे। । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा…
काठमाडौँ: काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि फेरि परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । आज बिहान ११ बजे पानी पठाउन थालिने उनले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । उनले भने, “सुरुङको परीक्षण सफल भएपछि नै नियमितरुपमा मेलम्चीको पानी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको तालिम प्राप्त युवा आजीवन रचनात्मक र अनुशासित रही देश र जनताको सेवाका लागि हरक्षण तत्पर रहनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सेवा दलको आयोजनामा आइतबार देखि जंगीअड्डामा सुरु भएको ‘‘स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट ” विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिमलाई यथासम्भव वृद्धि गरिन पर्ने विचारसमेत राख्नुभयो । प्रधानमन्त्रीले समाज मानव आफैंले निर्माण गरेका धार्मिक, नैतिक र इमानको बन्धनमा बाँधिएको हुने बताउँदै यसबाट आत्मनियन्त्रित र अनुशासित भएर मानव सेवामा लाग्न राष्टिय सेवा दलले युवालाई प्रेरित गर्नुपर्ने बताउनुभयो । यस्तो भावनालाई बढाउन सके मात्र समाजमा देखा पर्ने अमानवीयता र…
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि दुई सर्त अघि सारेको छ। सरकारले वार्ताको वातवरण बनाउन पार्टीमाथिको प्रतिबन्ध फुकुवा, गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुपर्ने सो पार्टीका एक उच्च नेताले बताए। विप्लवनिकट उच्च स्रोतका अनुसार पक्राउ परेका नेता धर्मेन्द्र बास्तोलासँग तीनपटक छलफल गरेपछि सरकार विप्लवसँग वार्ता गर्ने निर्णयमा पुगेको हो। सरकारले सकारात्मक वातावरण बनाए महासचिव विप्लव नै सार्वजनिक हुने ती नेताले बताए। अहिले विप्लव सरकारको जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ। शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको जनाएका थिए। ‘हामी सरकारको जवाफ कुरिरहेका छौँ,’…
काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ। मुख्यमन्त्री राईपक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा सभामुखले अनुमति दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ। नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध ३७ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। जसमध्ये ४ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। प्रचण्ड–नेपाल समूहले भने…
दोलखा: घरायसी विवादका कारण दोलखामा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन्। कालिञ्चोक गाँउपालिका–६ खारेबेसीका २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्। शुक्रबार मध्यराति करिब २ बजे थामीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए। श्रीमती हत्या गरी भागेका थामीलाई प्रहरीले कालिन्चोक–७ बाट पकउ गरेको छ। राती २ बजे घटना भएको खबर आएपछि खबर पाए लगतै डीएसपी रिजाल आफैं घटनास्थल पुगेका थिए। श्रीमतीको हत्यापछि थामी गाँउ छाडेर भाग्ने तयारीमा थिए। प्रहरीले गाँउलाई चारैतिर घेरा हालेर थामीलाई पक्राउ गरेको डिएसपी…
काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। सभामुखले भने अस्वीकार गरेका छन्। ‘उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भन्नुभयो।’ मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ। यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्। आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४…
इलाम, ९ फागुन (रासस) : यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् । एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्याङक सङ्कलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ । विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्याङ्क सङ्कलनको काम हुनेछ । इलाम नगरपालिकामा तथ्याङ्क सङ्कलन सम्पन्न भएपछि पालैपालो अरु…
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ ।’ प्रदेश १ को राजधानी विराटनगरमा शनिबार प्रधानमन्त्रीको समूहको पार्टीले आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीले नै संसद विघटनको मुद्दामा चेतावनी दिएको भन्दै सामाजिक…
