Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि असोज २३ गते शनिबारबाट सहुलियतमा उपभोक्तालाई बिक्री गर्न थाल्ने भएको छ। खाद्यले यसका लागि पहिलो लटमा दाङ र हेटौंडाबाट खसीबोका आइपुगेको जनाएको छ। बिहीबार राती र शुक्रबार बिहान कम्पनीको थापाथलीमा बिक्री कक्षमा खसीबोका आइपुगेको हो। कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार दाङ र हेटौंडाबाट पहिलो लटमा कुल ५३० खसीबोका काठमाडौं आइपुगेको छ। खाद्यले आज शुक्रबारबाटै सहुलियत दरमा खसीबोकाको बिक्री थाल्ने योजना बनाएको थियो। तर लामो बाटोबाट ल्याइएका हुनाले एक दिन राखेर मात्र बिक्री गर्न लागेको जनाएको छ। यसका साथै शनिबारबाट बेच्न थाल्ने भनिएको खसीबोकाको मूल्य अहिलेसम्म निर्धारण गरिसकेको छैन। यसकारण पनि आज…
काठमाडौं: पछिल्लो २४ ण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका…
काठमाडौं: सरकार गठनको ८८ दिनपछि बल्ल आएर प्रधानमन्त्री शेर बहादुर देउबाको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन् भने केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेकी छन् । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।…
नेकपा एस प्रवेश गरेकोमा सूर्य थापाले भानुभक्त जोशीलाई ‘जैसी’ लेख्दै भने- वल्लो घरको नरे पल्लो घर सरे
काठमाडौँ: नेकपा एमालेको कन्द्रीय सदस्य पद त्यागेर भानुभक्त जोशी एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेका केन्द्रीय सदस्य सूर्य थापाले टिप्पणी गरेका छन्। नेता जोशी एमाले त्याग्दै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्। एकीकृत समाजवादीमा प्रवेश गरेका एमाले केन्द्रीय सदस्य भानुभक्त जाेशीले के लेखेका छन् राजीनामा पत्रमा? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका थापाले नेता जोशीले एमालेमा नरहने संकेत एमालेको केन्द्रीय कमिटीको पछिल्लाे बैठकमै दिएको उल्लेख गरेका छन्। नेता जोशीलगायत केही सदस्यले १० बुँदे कार्यान्वयनमा जोड दिँदा बहानाबाजी मात्रै बनाएको दाबी पनि थापाले गरेका छन्। ‘भानुभक्त जैसी, वल्लो घरको नरे…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आजदेखि १८ वर्षमथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ। यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका केन्द्र र केही थप गरिएका केन्द्रबाट आजदेखि यही असोज २४ गतेसम्म १८ वर्षमाथिको सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने महानगरपालिकाले जनाएको छ। दसैँ सहितका चाडपर्वमा बढ्न सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए। महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले खोप लगाउन सक्नेछन्।
काठमाडौं: बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् । तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् । नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता…
काठमाडौँ: आज पनि देशभरको मौसम बदली भएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ । सोही प्रभावले अहिले प्रदेश- १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मुलुकभर मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कम्तीमा आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार थपिएका मन्त्रीहरुको अपरान्ह ४ बजे शपथ राखिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) सहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार ३ घण्टा छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेका हुन्। जसअनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा (एकीकृत समाजवादी)ले ४–४ मन्त्रालय लिने सहमति गरेका छन्। माओवादी, एकीकृत समाजवादी र जसपाले एक/एक वटा राज्यमन्त्री पाएका छन्।। अहिले मन्त्रालयको संख्या प्रधानमन्त्री सहित २२ छ। संविधान अनुसार २५ वटाभन्दा बढी मन्त्रालय बढाउन पाइँदैन। माओवादी…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् । सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने उनले बताए । यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको नेकपा एसले प्रदेशमा दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो…
काठमाडौँ: माल्दिवसमा जारी साफ च्याम्पियनशिप फुटबलमा विहीबार भएको भारत र श्रीलंकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यससंगै अंक तालिकामा दुवै खेल बराबरी खेलेकोले भारतको २ अंक मात्रै छ भने उसको फाइनल पुग्ने सम्भवन लगभग सकिएको छ। नेपाल तालिकाको ६ अंक सहित शिर्ष स्थानमा छ भने आज भएको श्रीलंका र भारतको बराबरी खेलले नेपाललाई फाइनलको ढोका खोल्न झनै सहज भएको छ। अहिले बंगलादेश र आयोजक मल्दिब्सबीच खेल भैरहेको छ। अंक तालिकाको दुई शिर्ष टोलि फाइनल पुग्ने छ। नेपालले भारतसँग भने यही अक्टोबर १० तारिखमा खेल्ने छ ।
