Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो । बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ । बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो । यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो । यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए । बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन् । त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे । सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो ।

Read More

काठमाडौं: परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग न्यूयोर्कमा भएको भेटमा विशेष छलफल नभएको बताएका छन् । गत आइतबार खड्कासँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सन्जालमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए । बिहीबार स्वदेश फर्किएका मन्त्री खड्कासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले भारतीय विदेशमन्त्रीले उल्लेख गरेको ‘विशेष सम्बन्ध’बारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा मन्त्री खड्काले भने, ‘त्यो विशेष भन्ने विषय हाम्रो छलफलमा आएको थिएन ।’ जयशंकरले सहमति भयो भनेर आफ्नो ट्वीटर लेखे पनि त्यस्तो केही नभएको बताउँदै मन्त्री खड्काले भने, ‘त्यो उहाँको ट्वीट हो, मैले धैरै भन्ने कुरा…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजभोलि नै सरकार विस्तार हुन सक्ने बताएका छन्। सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए। ‘हामीले ऊर्जा र अर्थमन्त्रालय लिएका छौँ। अरु मन्त्रालय सम्भवत: आजभोलि नै टुंगिने छ’, उनले भने, ‘अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।’

Read More

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि भीडभाड हुने कुनै पनि गतिविधिमा निषेध गरेको छ। कोरोना भाइरस फैलिने जोखिम अहिले पनि उच्च रहेको जनाउँदै प्रशासनले बिहीबारदेखि लागु हुने गरी अर्को आदेश नआएसम्मलाई जिल्लाभित्र कुनै किसिमका भीड हुने कार्यक्रममा रोक लगाएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेशमार्फत महोत्सव, जात्रा, उत्सव, सभा जुलुस, जात्रा, भजन कीर्तन र भोज भतेर लगायतका कार्यक्रममा निषेध गरेका हुन्। नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ आउने दुई साता बाँकी रहेको अवस्थामा प्रशासनले थोरै भन्दा थोरै र घरका मात्रै सदस्यहरुको सहभागितामा सामान्य रुपमा चाडपर्व मनाउन पनि भनेका छन्।

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बिहान बालुवाटारमा बसेको सर्वदलीय बैठकले संसदमा रहेको गतिरोध खोल्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेको छ। बालुवाटारमा करिब दुई घण्टा चलेको उक्त बैठक संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘हाम्रो अहिलेको ध्येय भनेको संसदलाई निर्वाध रुपमा अघि बढाउने मात्रै हो। हामीले त्यहीबारे सोचेका छौँ’, कार्कीले भने, ‘यो बैठकले पनि संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि एमालेलाई आग्रह गरेको छ। गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले अग्रसरता लिनु भएको छ।’ कार्कीले त्यही अनुसार आज सर्वदलीय बैठक बोलाइएको बताउँदै तर एमालेको अनुपस्थितिले ठोस निष्कर्ष निकाल्न नसकिएको पनि बताएका छन्।…

Read More

काठमाडौँ: औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ । क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा दुवै कम्पनीले उत्पादन गरेको यी दुई औषधिमा न्यून गुणस्तर पाइएको हो । औषधि व्यवस्था विभागले दुई कम्पनीलाई औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यस्तै, विभागले बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न निर्देशन दिएको छ ।

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको  नेपालको सचिवालयले जनाएको छ । नेता नेपालको निजी सचिवालयका अनुसार अस्पतालमा भेटघाट पूर्णरुपमा बन्द गरिएको छ ।  सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘उहाँको…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक बिहीबार बिहान १० बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत भदौ २३ बाट सुरु भएको संसद अधिवेशन अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गर्दै आएको छ। एकीकृत…

Read More

काठमाडौँ:  गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताउनु भएको छ । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाणले बताउनु भयो । उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउन पर्ने बताउनु भयो । ‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउँ,’…

Read More