Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता बडालले भने,‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस् । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रुपमा भन्न चाहन्छु–त्यस्तो गलत काम नगर्नुहोस् ।’ उनले माधव नेपालले…
काठमाडौँ: संविधान र कानुनअनुसार राजनीतिक पार्टीले वैधानिकता पाउनका लागि हरेक पाँच वर्षमा महाधिवेशन गरेकै हुनुपर्छ । कानूनले यसमा ६ महिनासम्म म्याद थप्ने सुविधा दिएको छ । तर, आफूलाई मुलुकको जेठो लोकतान्त्रिक पार्टी बताउने नेपाली काँग्रेस वैधानिकता गुमाउने लज्जाजनक अवस्थामा पुगेको छ । सभापति देउवामाथि पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताबाट महाधिवेशन तोकिएको समयमै गर्नका लागि चौतर्फी दबाव छ । भदौमा महाधिवेशन नगर्ने हो भने कांग्रेस पार्टी नै खारेजीमा त पर्ने हैन भन्ने प्रश्न खडा भएको छ । तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाको ५ वर्षे कार्यकाल २०७७ फागुन १९ मै सकिएको हो । तर, तोकिएको समयमा देउवाले महाधिवेशन गर्न सकेनन् । पाँच…
काठमाडौँ: नेप्सेमा निरन्तर तेस्रो कारोबार दिन नयाँ अलटाइम हाइ रेकर्ड बनेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्सेले यस दिन पनि नयाँ रेकर्ड बनाएको हो। गत मंगलबार नेप्से परिसूचक ३१६१.४५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हो। सो रेकर्डलाई नेप्सेले बुधबार तोड्दै अर्को रेकर्ड बनाएको थियो। त्यसैगरी, बुधबार बनाएको रेकर्डलाई यस दिन तोडेर नयाँ रेकर्ड बनाएको हो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा…
पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।
काठमाडौँ: लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ३ गते नियुक्त भएका शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका हुन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन्। २४ घण्टाको लागि भन्दै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको मुख्यमन्त्रीको दाबी पेश गर्ने समयभित्र केसीले मात्र दाबी गरेपछि उनी मुख्यमन्त्री बनेका हुन्। उनको आजै सपथ गराउने तयारी भएको छ। गठबन्धनले मुख्यमन्त्रीको सपथपछि आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले मुख्यमन्त्रीको नियुक्ति र सपथपछि तीन…
काठमाडौं: स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड – १९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताउनु भएको हो। ‘आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउछौँ,’ राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकारले सबै नागरिकलाई नि:शुल्क खोप वितरणको अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको छ। हामी उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ।’ राज्यमन्त्री श्रेष्ठले नेपाललाई आवश्यक पर्ने खोप खरिदको सम्पूर्ण प्रबन्ध पुरा भइसकेको बताउनुभयो। उहाँले अबको डेढ महिनामा १ करोड ३ लाख डोज खोप नेपाल आइपुग्ने भन्दै सबैलाई…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ । यसैगरी, बिहीबार दिउँसो देशका अधिकांश स्थानहरुमा…
गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ का ११ वर्षीय राहुल गन्धर्वको बुधबार साँझ परेको चट्याङले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। चट्याङ लागेर अन्य तीनजना घाइते भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली घाइते भएका हुन्। उनीहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारगरी थप उपचारको लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ। चट्याङ लागेर स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेका छन्।
काठमाडौँ: कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ। १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ। यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ। स्रोतकाअनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन्। सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म…
