Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

Read More

काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समितिले बुधबार १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव पेश गरेको । निर्वाचन समितिको आज बसेको बैठकले स्थगित वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने र प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने गरी प्रस्ताव पेश गरेको जनाइएको छ यस्तै, केन्द्रीय महाधिवेशन भने मङ्सिर २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको समितिका संयोजक महादेवप्रसाद यादव जानकारी दिए । यादवका अनुसार पार्टी नेतृत्वलाई प्रस्ताव गरिएको हो र सोहि अनुरुप नै निर्णय हुन्छ होला । कार्यतालिका पारित भएमा सोहि अनुसार सूचनाहरु प्रकाशित हुनेछन, उनले भने ।

Read More

हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ । त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन् ।

Read More

काठमाडौँ: बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् । अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन् । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन् । सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन् । केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई…

Read More

काठमाडौँ: पछिल्ला केहि दिन यता शेयर बजार परिसूचक नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि शेयर बजारले सकारात्मक लय समातेको छ। अल्पकालिन कारोबारीहरु सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि द्धिर्घकालिन लगानीकर्ताहरु हाबी हुँदै गएपछि बजारको वृद्धि जारी छ । गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ । बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताए । बुधबार नेप्से सूचक १८.०६ अंकले बढेको छ । यसदिन ६…

Read More

काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् । योसँगै बागमती प्रदेशमा अब…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्ने बताएका छन् । उनले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताए । नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतका बारे कुनै टिप्पणी नगर्ने र आएको समस्या अदालतले नै हल गर्ने बताए । उनले भने, ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’ उनले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए । गजेन्द्र हमाल कांग्रेसकै नेता भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले उनले राजीनामा दिइसकेकाले यो विषयमा टुंगिसकेको बताए। प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका…

Read More

एजेन्सी:  संयुक्त राष्ट्रसंघले अहिले विश्वभरका मुलुकले गरेको वाचा अनुसार यो शताब्दीमा पृथ्वीको औसत तापक्रम २.७ डिग्री सेल्सियस बढ्न सक्ने बताएको छ। जलवायु सम्मेलन सुरु हुनुभन्दा केही दिनअघि राष्ट्रसंघको वातावरण कार्यक्रम –यूएनईपी)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा मुलुकहरुले निकै कमजोर वाचा गर्ने तर पूरा नगर्ने गरेको उल्लेख छ। जी२० का मुलुकले समग्र कार्बन उत्सर्जनको ७८ प्रतिशतको हिस्सा ओगट्ने र उनीहरुले यसअघि गरेको वाचा पनि पूरा नगर्ने पाइएको यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले बताए। कार्बन उत्सर्जन कमी गर्नु सबैको जिम्मेवारी भए पनि विकसित मुलुकको जिम्मेवारी विशेष हुने एन्डरसनको भनाइ छ। एन्डरसनका अनुसार अधिकांश मुलुकले यसअघि गरेका वाचाअनुसारको लक्ष्य…

Read More