Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेको भन्दै फयूल सरचार्ज ७० रुपैयाँसम्म वृद्धि गरेको छ । संघले न्यूनतम ५ रुपैयाँ देखि ७० रुपैयाँसम्म फ्यूल चार्ज बढाएको हो । नेपाल आयल निगमले चैत ३ गतेदखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले जनाएको छ । निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले चैत ७ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त…

Read More

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले रेशम चौधरीको रिहाइसम्बन्धी मागलाई सत्ताका लागि ‘लेनदेन’ को विषय नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सरकारलाई रेशम चौधरीको विषयलाई सिके राउत र नेत्रविक्रम चन्दकोभन्दा फरक रुपमा नबुझ्न आग्रह गरे । पूर्ववक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सम्बोधन गर्दै उनले भने, ‘परराष्ट्रमन्त्रीज्यू मेरो मित्र पनि हो र उहाँ वाक कलामा चातुर्य हुनुहुन्छ । उहाँले राजनीतिक उपलब्धिका यहाँ बखान गरेर जानुभयो, उहाँलाई साधुवाद छ ।’ परराष्ट्रमन्त्री ज्ञवालीले सिके राउत र नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण आन्दोलनमा ल्याएको कुरा गरेको सन्दर्भलाई जोड्दै यादवले भने, ‘तपाईले यो…

Read More

काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा मृत फेला परेका दुवै जना स्कुले विद्यार्थी भएको सनाखत भएको छ। आज शुक्रबार जंगलमा भेटिएका दुवै जना १७ र १८ वर्षका विद्यार्थी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता ९एसपी० रमेश बस्नेतले बताए। मृतकमध्ये एक जना नुवाकोटको छापाका १६ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेको भुम्लुका १७ वर्षीय मंगल तामाङ रहेको खुलेको हो। मृतकका आफन्तले शवको पहिचान गरेका हुन्। उनीहरु दुवै जना बाङ्गेमुडामा डेरा गरी बस्थे। अर्जुन असनस्थित टेउडा स्कुलमा र मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा पढ्थे। शव फेला परेको स्थाननजिकै दुई वटा विषको बट्टा पनि भेटिएको तर उनीहरुले…

Read More

काठमाडौं : सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाल नेपाल बार एसोसिएसनको उपाध्यक्षसमेत हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

Read More

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिएका छन् । खरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको जानकारी गराए । उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् । खरेलले अब राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए । उनले भने, ‘विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु । पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु।’ उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको कुरा पनि गलत भएको बताएका छन् ।…

Read More

काठमाडौँ: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। आयोमेललाई विशेष श्रोतबाट प्राप्त जानकारीअनुसार खरेलले आजैदेखि लागू हुनेगरि राजीनामा दिएका हुन्। यता खरेलले पनि यसबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। राजीनामाबारे आयोमेलले राखेको जिज्ञासामा खरेलले भने, “१ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ।” सरकारका मुख्य कानुनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए। खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेका भएपनि नेकपा खारेजी र एमाले ब्यूँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिएका थिएनन्। खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ताका…

Read More

काठमाडौँ: विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोपका लागि ७ करोड ५० लाख डलर सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी सञ्चालक समितिले सो प्रस्ताव बिहीबार पारित गरेको हो। सुरक्षित र प्रभावकारी कोभिड–१९ विरुद्धको खोपमा नेपाली नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) मार्फत् सो सहायता प्रदान गर्न लागिएको विश्व बैंकले जनाएको छ। ‘यो आर्थिक सहायताबाट समान वितरण प्रणालीमार्फत नेपालको कम्तीमा एकतिहाइ जनसंख्यालाई खोप लगाउन सहजीकरण हुने अपेक्षा गरिएको छ’, विश्व बैंकले वाशिङटनबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यो महामारीले खासगरी खोप खरिद, आपूर्ति र वितरणमा भयानक चुनौती र अनिश्चित वातावरण सिर्जना गरेको हो’, नेपाल,…

Read More

काठमाडौँ: राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी करिब तीन करोड रुपैयाँ राजस्व चुहावट गर्ने विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याट बिल प्रयोग गरि एक करोड ८९ लाख २७ हजार ११२ रुपैयाँ राजस्व चुहावट गर्ने भरतपुर महानगरपालिका वडा.न २ स्थित सन्तोष लोहनी र सन्तोषी निमार्ण सेवा प्रालिका सञ्चालक तथा निर्देशक केशव राज कडेलसहित ३ जनाविरुद्ध मुद्धा दायर गरेको हो। त्यस्तै भरतपुर २ स्थित सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक/मुख्य कारोबारी केशवराज कँडेलसहित तीन जनाबिरुद्ध ९२ लाख ७७ हजार ४ सय ९० रुपैयाँ माग दाबी सहित चैत ३ गते नै अर्को मुद्दा…

Read More

काठमाडौँ: सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबार ( चैत ६ गतेबाट ) देखि प्राथमिक शेयर जारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरिएको हो । जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्…

Read More

काठमाडौँ: मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए। शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए। उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए। जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन्। गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको…

Read More